Thursday, March 28, 2024
Homeसम्पादकीयघोडा किसानको समस्या

घोडा किसानको समस्या

- Advertisement -spot_img

सबै पेशा व्यवसायका आफ्नै समस्या छन् । आफ्नै ठाउँमा केही गरेर आफूलाई स्थापित गर्नेमा त झनै चुनाती र समस्याका चाङ छन् । कति आफै व्यवस्थापन हुन्छ त कति व्यवस्थापन हुन नसकेर पलायन हुने अवस्था बन्छ ।
कुनै पेशा व्यवसाय भने परम्परागत छन् । जुन पछिल्लो पुस्तासम्म पुग्दछ की पुग्दैन भन्ने सक्ने अवस्था छैन । त्यसको संरक्षण र विकास पनि आवश्यकता अनुसार देखिदैन । स्थानीयस्तर मात्रै हैन परिवारबाट समेत पुराना र परम्परा बोकेका पेशा व्यवसाय संरक्षण देखिदैन । जुन संरक्षण हुन सकेका छैनन् ।
अहिले ढुवानीका लागि पालिने घोडा किसानहरुका पीडा यस्तै छन् । राम्रो कमाई गर्दै आएको यो व्यवसाय नयाँ पुस्तामा जानेमा शंकासमेत बढिहरेको छ । पहिले गरेकाले छोड्न नमाने पनि नयाँ पुस्ता यसमा देदिखैन । यो अवस्था आउन नदिन सरोकारवालाहरु सक्रिय भएर लाग्न सक्नु अहिलेको आवश्यकता हो ।
ढुवानी माध्यम घोडाहरु बनिरहेका छन् । ढुवानीको विकल्प नहुँदा ढुवानीकर्ताको रुपमा प्रयोगमा आएका घोडाहरु संरक्षणको अभावमा संकटमा पर्नु राम्रो हैन ।
यसमा किसानहरुले मात्रै भन्दा पनि स्थानीय सरकारले पनि सोच्न आवश्यक छ । पेशा संरक्षण नहुँदा किसानहरुको स्वरोजगारीमा समेत समस्या पर्ने छ ।
किसानहरुले नै आफ्नो पेसा संरक्षण र नयाँ पुस्ता हस्तान्तरण हुन नसकेको समस्या र संकटमा पर्न थालेको धारना राख्नुले संरक्षणको आवश्यकता प्रष्ट रुपमा देखाएको छ ।
बढ्दो प्रविधि र पुस्तान्तरको कारण यो पेशा संकटमा पर्नु स्वभाविक मानिएला तर यातायातको सहज व्यवस्थापन नहुँदाको भरपर्दाे ढुवानी बनेको घोडा र घोडलद्दी व्यवसायको संरक्षण अनिवार्य छ ।
यसलाई संकटमा पर्न दिनु हुँदैन । दाङमा ४ सय १५ घोडा व्यवसायीहरु रहेका छन् । त्यसमा तुलसीपुर क्षेत्रमा मात्रै पनि २ सय यस्ताखाले घोडा छन् । बढ्दो प्रविधि र पुस्तान्तरणको कारण यो पेशा संकटमा पर्न थालेकोे गुनासो छ । संरक्षणका लागि आवश्यक उपायहरु अवलम्बन पनि गर्नुपर्छ ।
घोडापालन किसानहरुले पहिले देखिनै गर्दे आएको एउटा माग घोडाको विमा सुविधा हो । त्यो सुविधा अहिले राज्यले दिन सकेको छैन । त्यति मात्रै हैन विभिन्न स्थानमा तबेलाको समेत व्यवस्था भएमा अझ सहज हुने पनि देखिन्छ ।
केही स्थानीय सरकारले भने घोडाको संरक्षणका लागि विभिन्न गतिविधि पनि गरिरहेका छन् । त्यो अत्यन्त राम्रो र सकारात्मक कार्य हो ।
तुलसीपुर उपमहानगरको पशु सेवा शाखाले उपचार शिविरको समेत आयोजना गरेर घोडालाई उपचार गरेको छ । संकटमा पर्न थालेको पेशा व्यवसयालाई जगर्ने गर्न अभियान थाल्नुपर्छ । त्यस्तोखालको नीति ल्याउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here