- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरघोराहीको ४२औं स्थापना दिवस

घोराहीको ४२औं स्थापना दिवस

- Advertisement -spot_img

घोराही, १६ माघ । घोराही उपमहानगरपालिकाको ४२औँ स्थापना दिवस मनाइएको छ । स्थापना दिवसको अवसरमा बोल्ने वक्ताले भएका श्रोत साधनहरूलाई उपयोग गरेर व्यवस्थित नगर बनाउन भूमिका खेल्नुपर्ने बताएका थिए ।
नगरमा प्रशस्त श्रोतहरू रहेकाले त्यसको पहिचान गरेर व्यवस्थित गर्नसकेमा समृद्ध नगर हुने बताए । नगरको समृद्धिको लागि प्रभावकारी कामहरू गरेको प्रशंसा गर्दै थप दीर्घकालिन योजनाहरू बनाएर अगाडि बढ्न सुझाए ।
जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीले नगरमा रहेको प्रशस्त श्रोत साधनहरूलाई परिचालन गर्न सुझाव दिए । ‘नगरले श्रोत साधन परिचालन गर्न सक्यो त्यति नै समृद्धि र विकसित हुन्छ’ उनले भने ।
नेकपाका लक्ष्मण आचार्यले नगरका योजनाहरूलाई प्रभावकारी रूपमा लैजानुपर्ने बताए । नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्थले घोराही उपमहानगरपालिका समृद्ध घोराही बन्दै गएको बताए ।
घोराही उपमहानगर–पालिकाकी कार्यवाहक नगरप्रमुख सिता सिग्देल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य रेवतीरमण शर्माले स्थायी सरकारले पछिल्लो समय गरेका कामले आम नागरिक वर्गमा राम्रो प्रभाव पार्न सफल भएको बताए ।
आम नागरिकहरूमा विकास निर्माण, सुशासन र समृद्धि तीव्र रूपमा होस् भन्ने अपेक्षा राख्नु स्वभाविक भएकाले ती सबै कुरालाई गम्भीरताका साथ केलाएर आवश्यकताका आधारमा स्थानीय तहले कार्यान्वयनको प्रक्रियामा लैजानुपर्ने बताए । स्थापना दिवसको अवसरमा आठजना एक सय वर्ष पुगेका जेष्ठ नागरिकहरूलाई सम्मान गरेको छ ।
उत्कृष्ट पत्रकारिता पुरस्कार सम्मानबाट प्रदेश टुडेकर्मी सपना बोहरा सम्मानित भएकी छन् । उनीसँगै पत्रकार पाण्डव शर्मा सम्मानित भएका छन् ।
स्थानीय पर्यटन प्रर्वद्धन गर्न सघाएको भन्दै पत्रकार नविन अभिलाषीलाई पनि सम्मान गरिएको छ । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका गणेश आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर रोका, पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here