- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरपीडामै गरिमा पीडित

पीडामै गरिमा पीडित

- Advertisement -spot_img

देउखुरी, १६ माघ । गरिमा जातको धान लगाउने किसानहरूले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । धानको बाला नलागेपछि पीडामा परेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भनेपनि अझैसम्म क्षतिपूर्ति नपाएको किसानहरूले गुनासो गरेका छन् ।
् दाङ देउखुरीमा ३ सय १९ किसान पीडित भएका छन् । लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढमा रहेको सनराईज एग्री कल्चर रिसर्च सेन्टर प्रालिले दाङका घोराही, लमही र तुलसीपुरका बीउबिजन र किटनाशक औषधि बिक्री वितरण गर्ने एग्रोभेट सेन्टरले झण्डै २ सय ७० दुई सय ७० रूपैयाँ प्रतिकिलोका दरले गरिमा जातको धानको बीउ बेचेको थियो ।
बाला नलागेपछि किसानले सयौँ हेक्टर खेतमा लगाएको धान काटेर फालेका थिए । देउखुरीका लमही नगरपालिकाका राप्ती, राजापुर र गढवा गाउँपालिकाका ३ सय १९ जना किसानले एक सय ६ दशमलब ५ हेक्टर जमिनमा गरिमा धान लगाएका थिए । त्यो क्षेत्र ४ सय २६ मेट्रिक टन धान उत्पादन हुँदै आएको थियो ।
लमही नगरपालिका वडा नम्बर ३ का किसान उदिराम चौधरीले भने– ‘सरकारले क्षतिपूर्ति दिने कुरा सुनेका थियौँ, खै अहिलेसम्म १ रूपैयाँ पनि क्षतिपूर्ति पाउन सकेनौँ, बरू क्षतिपूर्तिका लागि धाउँदा–धाउँदा अरू रकम खर्च भइसक्यो ।
उदिरामजस्ता धेरै किसान गरिमा धानबाट देउखुरीमा धेरै किसान ठगिएका छन् । गरिमा धान भनेर किसानलाई झुक्याउने एग्रोभेट र एग्री कल्चर प्रालिलाई कारबाही गर्नुपर्ने ठगिएका किसानहरूको माग छ । गरिमा धान लगाएका किसानलाई क्षतिपूर्तिका लागि सबै विवरण मन्त्रायलमा पठाएको कृषि ज्ञान केन्द्र दाङका निमित्त कार्यालय प्रमुख भरत पोख्रेलले बताए ।
‘हामीले सबै प्रक्रिया पूरा गरेर मन्त्रालयमा पठाइसकेका छौँ, माथिबाटै ढिला भइरहेको छ’ उनले भने– ‘हामी जतिसक्दो छिटो किसानलाई क्षतिपूर्ति दिन पहल गर्नेछौँ ।’
‘किसानलाई क्षतिपूर्ति मात्रै होइन्, धान बेच्ने सम्बन्धित संस्थालाई समेत कारवाही हुन्छ ।’ सनराईज एग्री कल्चर रिसर्च सेन्टर प्रालिका अध्यक्ष देवानजंग चौधरीले गरिमा धान नेपाल भित्र्याउने व्यक्ति नै दोषी रहेको बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here