- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरदाङ महिला जेसीजका लागि केही टिप्सहरु

दाङ महिला जेसीजका लागि केही टिप्सहरु

- Advertisement -spot_img

दाङ महिला जेसीजले सन (२०२०) का लागि नयाँ नेतृत्व पाएको छ । जेसीजको एक व्यक्ति एक पद र एक कार्यकालको अवधारणा अनुरूप विभिन्न समय, साल र वर्षहरूमा विभिन्न महिलाहरूले नेतृत्व लिदै यस वर्षको लागि जीवा भुसालको अध्यक्षतामा गठन भएको नयाँ टीमले दाङ महिला जेसीजमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने सुवर्ण अवसर पाएको छ ।
सबैले सबै नेतृत्व गर्ने व्यक्ति र शक्तिका लागि दिने वर (आशीर्वाद) भनेको तिम्रो कार्यकाल शुभ र सफल रहोस् भन्ने नै हो । तर यो वा त्यो कार्यकाललाई शुभ र सफल बनाउने केही टिप्सहरू दिन सबैलाई भनेको समयमा आउँदैन वा भ्याउदैन ।
त्यसैले पनि यो (२०२०) दाङ महिला जेसीजका लागि खाली आफ्नो नेतृत्वको फोटो इतिहासमा दर्द गर्न र फोटो र तस्विरमा कैद हुनका लागि मात्र सीमित नरहेर समग्र महिला तथा सामाजिक उत्तरदायित्वको भूमिकामा रहेर विशेष उल्लेख्य वर्षका रूपमा आफूलाई स्थापित गर्न सवल र सक्षम रहोस् भन्दै तत्सम्बन्धी केही विशेष टिप्सहरू महिला जेसीज सामु प्रक्षेपण गर्दैछु ।
(क) जेसीज एक महिला युथ जेनेरेशनका लागि सशक्त भूमिका निर्वाह गर्ने एक अभिन्न संस्था हो । तसर्थ आफ््नो समूहमा रहेका हरेक व्यक्ति वा शक्तिलाई यसको मूल्य र मान्यताअनुरूप छ कि छैन ?
त्यसलाई नियाल्नुहोस् । विशेषगरी (Youth) भन्नाले अस्तिसम्म (Ones who are above ’18’ and under ’32’ they are youth) भनिन्थ्यो । त्यसैगरी (Youth) भन्नाले हिजोसम्म (Ones who are above ’18’ and under ninety they are all youth) भनिन्थ्यो । त्यसैगरी आजका दिनसम्म आईपुग्दा (Youth) भन्नाले (Ones who are above ’18’ and under ’40’ they are youth) भनिएको छ ।
यो आजको पछिल्लो हदसम्म आइपुग्दा ठिकैको छ । तर जो आज नेपालको राजनीतिमा पद र प्रतिष्ठा सत्तार भत्ताको लोभ मोहमा फसेर (Youth) शब्दको शाब्दिक अर्थ नै तोेडिने, मोडिने, बाङ्गिने र नाङ्गिने गरी जसरी परिभाषा गरिदैछ र भनिदैन (Youth)० भन्नाले (Ones who are above twenty and ninety they are all youth quantity) भनिएको छ यो नितान्त गलत छ ।
त्यसैले यो मान्यता र सोंचलाई चिर्दै र चल्न सक्ने, बोल्न सक्ने, हिड्न सक्ने र कुर्सीमा बस्न सक्ने सबै जति (Youth) हुन् भन्ने गलत धारणाको अन्त्य गर्नुहोस् र यो महिला जेसीजलाई (It is for the youth of the youth, by the youth and to the youth) भन्ने सन्देश पुष्टी व गर्नुहोस् ।
(ख) जेसीज आफैमा विशुद्ध अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । मानव आफैमा पनि सामाजिक प्राणी हो । । सामाजिक प्राणी भएकै कारण मानिसका लागि समाज आवश्यकता छ र समाजको लागि मानिसको आवश्यकता पनि छ ।
मानिस सृष्टिका हरेक प्राणीका तुलनामा ऊ सर्वश्रेष्ठ प्राणी पनि हो । किन भने अन्य प्राणीका तुलनामा मानिसले विशेष विशिष्ट र संवेदनशील अंग प्राप्त गरेको छ ।
यस्तो मानवले आफूलाई सामाजिक बनाउन नितान्त जरूरी र अपरिहार्य पनि छ । तर आज पछिल्लो समयमा आएर यो सामाजिक भन्ने शब्द निकै हल्का । ओजनरहित बन्दै गएको अवस्थामा छ । वास्तवमै भन्ने हो भने सामाजिक भन्ने जति सरल र सहज छ त्यति नै समाजिक बन्न जटिल र कठिन छ ।
सामाजिक त्यस्तो, यस्तो, जस्तो मानिसलाई पनि भन्न मिल्दैन । भनिहाले पनि बन्न निकै कठिन छ । सामाजिक भनेर जसले जसलाई पनि भन्न सक्छ । तर जति सजिलै सामाजिक भनिन्छ त्यति सजिलै सामाजिक बनिदैन भन्ने कुरा एउटा भयो भने बन्ने कुरा अर्को भयो ।
सामाजिक बन्नका लागि जसले आफ्नो आन्तरिक सम्पत्ति र बाह्य सम्पत्ति समाजका लागि वा सामाजिक व्यक्ति विशेषका लागि खर्चन सक्छ, वितरण गर्न सक्छ, दिन सक्छ, बाँड्न सक्छ, लगानी गर्न सक्छ, दान गर्न सक्छ वा त्यस्तो सम्पत्तिद्वारा मलमपट्टी गर्न सक्छ भने मात्र सामाजिक दायराभित्र पर्न सक्छ ।
त्यसैले तपाईले आफ्नो आन्तरिक सम्पत्तिका रूपमा पाउनुभएको विद्या, बुद्धि, ज्ञान, विवेक, चेतना, कला, साहित्य, अभिनय आदिजस्ता कुराहरू अरूलाई दिनसक्नु हुन्छ, बाँड्न सक्नुहुन्छ, वितरण गर्न सक्नुहुन्छ र आफू जस्तै एक सक्षम व्यक्तिका रूपमा प्रतिस्थापन गर्न सक्नुहुन्छ भने तपाई असली सामाजिक हो ।

जो मनुष्य भएर पनि पशुतुल्य भएर आफ्नो जीवन धान्ने, तान्ने र समय गुजार्ने अवस्थामा छन् त्यस्ता युवती महिलालाई यो जेसीज भन्ने संस्थामा आवद्ध गराउनुहोस् र सम्पूर्ण चेतन्य चोला सिकाएर आज तपाईले प्राप्त गरेको तहमा पु¥याउनुहोस् । तबमात्र हुन्छ जेसीजको सही अर्थ, जेसीजको सार्थकता र जेसीजको प्रमाणिकरण । जेसीज भनेको शुन्य (०) अंकलाई विकसित गराउँदै र सक्षम गराउँदै नौ (९) सम्म पु¥याउने लक्ष्य र उद्देश्य हो । त्यसैले आफूलाई होइन अरूलाई हेर्नोस् ।


त्यसैगरी तपाईमा आन्तरिक सम्पत्तिको अभाव छ र बाह्य तपाईले कमाएको धन, फलाएको अन्न, जोडेको पञ्चधातु र किनेको सम्पत्ति छ भने पनि त्यसको ५ प्रतिशत वा १० प्रतिशतका दरले तपाईले आफ्नो समाज वा सामाजिक व्यक्तिका लागि समर्पित गर्न सक्नुहुन्छ भने पनि तपाई असली सामाजिक व्यक्ति हो ।
त्यसैले दाङ महिला जेसीजले आफूलाई सक्कली सामाजिक बनेर समाजमा उदाउन कोसि गरोस् न कि नक्कली सामाजिक व्यक्ति बनेर अस्ताउनको लागि होइन् । समाजप्रति पूर्ण उत्तरदायी र बफादारी बन्नोस् ।
(ग) तपाईले भाषण गर्न सक्नु ठूलो कुरा होइन । तपाई सभ्य र भव्य देखिनु ठूलो कुरो होइन । तपाई समक्ष नारी बन्नु ठूलो कुरा होइन र त तपाई नेतृत्वदायी भूमिकामा पुग्नु पनि ठूलो कुरो होइन । ठूलो करो के हो ? भने तपाईको समाजमा तपाईजस्तै युवती नारी आज आफ्नो जन्म र जीवनलाई नै धिक्कादै र सराप्दै बसिरहेका छन् ।
कतिपयलाई आफ्नो जन्मको परिभाषा नै थाहा छैन । कतिपयलाई आफ्नो लीला र चोलाका बारेमा नै थाहा छैन । कतिपयलाई आफ्नो अस्तित्व नै थाहा छैन ।
जो मनुष्य भएर पनि पशुतुल्य भएर आफ्नो जीवन धान्ने, तान्ने र समय गुजार्ने अवस्थामा छन् त्यस्ता युवती महिलालाई यो जेसीज भन्ने संस्थामा आवद्ध गराउनुहोस् र सम्पूर्ण चेतन्य चोला सिकाएर आज तपाईले प्राप्त गरेको तहमा पु¥याउनुहोस् । तबमात्र हुन्छ जेसीजको सही अर्थ, जेसीजको सार्थकता र जेसीजको प्रमाणिकरण ।
जेसीज भनेको शुन्य (०) अंकलाई विकसित गराउँदै र सक्षम गराउँदै नौ (९) सम्म पु¥याउने लक्ष्य र उद्देश्य हो । त्यसैले आफूलाई होइन अरूलाई हेर्नोस् ।
(घ) तपाईले आफ्नो संस्थामा वा समूहमा सभ्य महिला मात्र नखोज्नुहोस्, दिक्षित मात्र नखोज्नुहोस्, सुन्दर मात्र नखोज्नुहोस्, धनाढ्य मात्र नखोज्नुहोस्, सक्षम त आफैमा समक्ष छदैछ । वनको काँडालाई नतिर्खानुहोस्, वनको मुढोलाई तिखारेर काँडो समान बनाउनुहोस् । त्यसैले तपाईले तपाईकै वल्लो समाज वा पल्लो समाजमा देखेका,
सुनेका र भोगेका जो शारीरिक अशक्तता भएका, मानसिक अशक्तता भएका, वौद्धिक अशक्तता भएका वा चेतनशील अशक्त भएका महिलाहरूलाई बत्ती बालेर खोज्नुहोस् र त्यस्ता व्यक्तिलाई निखारेर, सुधारेर,
सपारेर वा आजको तहसम्म पु¥याएर तपाईको र जेसीजको संस्थाको भजन कीर्तन, गान, मान र सम्मान गरेर आफ्नो जीविका निर्वाह गर्न सक्ने महिलाका रूपमा तयार पारेर देखाउनुहोस् । आफू बन्नुभन्दा र चेतनशील भइरहदा समाजमा गए गुज्रेका व्यक्तिको स्मरण गर्न सिक्नोस् ।
(ङ) हरेक नयाँ नेतृत्वले विगतकाले के गरे ? भनेर पाना पल्टाउने चलन छ । विगतकाले के बोले ? भनेर शब्दको कोट्याउने चलन छ । विगतकाले कहाँ लगे ? भनेर बाटो पत्ता लगाउने चलन छ । विगतकाले के काम गरे ? भनेर धर्ती खोतल्ने चलन छ । तर त्यो कहिल्यै नगर्नुहोस् । तपाई ग्रासहुड लेबलमा झर्नुहोस् ।
तपाई शुन्य डिग्रीमा ओर्लनुहोस् तपाई युनिक कर्म र धर्मको निर्वाह गर्नुहोस् । जसरी सय र साल परिवर्तंन भएको छ, त्यसरी पनि तपाई आफ्नो लक्ष्यमा परिवर्तन हुनुहोस् । जेसीजको मूल्य र मान्यता,
धर्म र कर्मका चार पाउ टेकर आजसम्म सबैले गरेका काम होइन आजसम्म कसैले नगरेका काम सिद्ध गरेर देखाउने प्रयास गर्नुहोस् । जसरी तपाईको अनुहार हिजोको अनुहार भन्दा फरक, भिन्न र पृथक छ, त्यसरी नै तपाईको नेतृत्वमा गरिने कर्म र धर्म पनि नितान्त फरक सुन्दर र लोकप्रिय, समाज प्रिय र जेसीज प्रिय हुन जरूरी छ ।
मौलिकतालाई खोज्नुहोस्, रोज्नुहोस् र कार्यान्वयनमा अगाडि ल्याउनुहोस् । जेसीज के हो ? आफूले भन्न नपरोस्, गन्न नपरोस्, मान्न नपरोस् र ठान्न नपरोस् । यसको स्वतः स्फूर्त रूपले तपाईभन्दा बाहिरका व्यक्ति, शक्ति समूह, संगठन वा मोर्चाले नै यसको गुणगान गाउन थालोस् ।
यस्तो बनाउनुहोस् कि दाङ महिला जेसीजलाई जसको उदाहरण र प्रेरणा सबैका लागि अमृतपान गरेसरी बनोस् । यो सबै आजको नेतृत्वमा उत्पन्न हुने दृढ शक्ति र विश्वासमा निहीत हुने कुरा हो ।
यो कुनै असम्भव भने पक्कै पनि होइन किनभने आजको समयमा दाङ महिला जेसीज सम्हाल्ने नारी जीवा भुसाल हुन् । जो यसअघि थुप्रै सामाजिक संघसंस्थामा खटिदै, निखारिदै र तिखारिदै आएकी र यसै संस्थामा लामो समयदेखि परिपक्क ढंगले आफ्नो भूमिका निर्वाह गरिसकेकी एक कुशल र सक्षम नारी हुन् ।
आफूले देखेको, सुनेको, भोगेको आधारमा आधारित भएर भन्नुपर्दा जीवा भुसाल शिरदेखि पाउँसम्म, शहरदेखि गाउँसम्म, नानीदेखि बाउसम्म र नोकरदेखि साउसम्म हेर्न सक्ने, देख्न सक्ने, जान्न सक्ने, बुझ्न सक्ने,
पुज्न सक्ने, समेट्न सक्ने र संगठित गर्नसक्ने शिक्षित र दिक्षित नारी हुन् । त्यसैले पनि उनको कार्यकाललाई सबैले पृथक ढंगले नियालेका छन् र नियाल्ने पनि छन् ।
कुरा कम गर्ने र काम बढी गर्ने सिद्धान्तमा अडिक भुसालको आगामी कार्यकाल सभ्य, भव्य र एक चर्चा गर्न लायक बनोस् भन्नाकै खातिर पनि आजको विषयवस्तु यसैको सेरोफेरोमा रहेर कलम चलेको हो ।
हाम्रो वौद्धिक कार्याकाल देवता, ऋणिमुनी, तपस्वी तथा साधकहरूले नै नारीलाई देवी शक्तिका रूपमा आराधाना र उपासना गर्दै आएको पाइन्छ ।
आजको पछिल्लो समयसम्म आइपुग्दा समेत नारीको भूमिका व्यक्ति, परिवार र समाज, छरछिमेक हुँदै सिङ्गो राष्ट्रमा समेत छताछुल्ल हुँदै आएको छ । जनसंख्याको हिसावले पनि नेपालको आधा आकाशभन्दा पनि बढी नारी शक्तिले ढाकेको कुरा सर्वविदितै छ । त्यसैले नारीको भूमिका अस्ति पनि गौण थिएन । हिजो पनि गौण थिएन ।
आज पनि गौण छैन र भोलि पनि गौण रहने छैन । त्यसले पनि आफूले पाएको समयलाई अवसरका रूपमा चिनेर यसको सदुपयोग गरेर व्यक्तिगत, संस्थागतलगायत सर्वोपरी हितका पक्षमा उभिएर भोलिको समय निश्चय पनि चर्चित र लोकप्रिय बन्ने कुरामा शंका गर्न नपर्ला ?
समयले आफूलाई प्रदान गरेको भूमिकालाई नआत्तिएर र नमात्तिएर सजग र सचेतपूर्ण ढंगले अघि बढेको खण्डमा कसैका लागि पनि यो समय बाधक बन्ने छैन । समय पक्कै पनि साधक नै छ ।
यदि समय बाधक भइदिएको भए, यदि यो समय आफ्ना लागि अनुकूल न भइदिएको भए आजको समयले यो स्थान, यो मान, यो पद र यो हैसियत दिने नै थिएन । त्यसैले समय निश्चय पनि आफू नै काबुभित्र रहेको जान्दै, मान्नै, ठान्दै अघि बढ्नु निकै बुद्धिमानी हुनेछ ।
दाङ महिला जेसीजले सन् २०२० का लागि गर्ने र गराउने कार्यतालिका तपसिलका होलान् । तर पनि जो यहाँ दृष्टान्त दिन खोजियो या टिप्सका रूपमा अघि सारियो त्यसलाई ग्रहण गर्ने वा नगर्ने सर्वाधिकार व्यक्तिमा निहीत हुने छ वा सम्बन्धित अध्यक्षलाई नै हुनेछ ।
मैले जे जानेको त्यो सबैले जान्नुपर्दछ भन्ने मान्यता होइन तर मैले जे राम्रो र मीठो मान्छु त्यो अत्यधिकका लागि राम्रो र मीठो बन्नेछ ।
त्यसैले निर्णय आफ्नो सुझाव सबैको भन्ने भावनाले प्रेरित हुन आग्रह गर्दै दाङ महिला जेसीजका लागि आगामी समय सिङ्गो दाङका लागि मात्र नभए र सिङ्गो नेपालका लागि समेत प्रेरणाको स्रोत र पात्र बन्न सकोस् । समग्र महिलाको हितमा अघि बढोस् र सामाजिक सामाजिक अभियान्ताका रूप्मा स्थापित गरोस् । जय महिला, जय जेसीज ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here