- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर‘पुनस्र्थापना आवश्यक छ’

‘पुनस्र्थापना आवश्यक छ’

- Advertisement -spot_img

घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित कुहिरेपानीमा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको लागि पुनस्र्थापना गृह स्थापना हुँदैछ । पुनस्र्थापना गृहमा के कस्ता काम भईरहेका छन् ? भन्ने विषयमा प्रेरणाका लागि अभियान नेपालका अध्यक्ष श्रीधर कुमार लम्सालसँग कुराकानी गरेका छौं ।


बन्दै गरेको भवन के को लागि हो ?

मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र भएका व्यक्तिहरू छन् । ति व्यक्तिहरूलाई पुनस्र्थापना गर्नका लागि भवन निर्माण कार्य हुँदैछ । यो अन्तिम चरणमा छ ।

जग्गा कति छ ?

यो जग्गा सस्थाको नाममा १२ कठ्ठा छ । सवा दुई करोडको लगानी छ ।

संस्था किन स्थापना गर्नुभयो ?

यो संस्था किन स्थापना गरियो भने बाटोमा मनस्थिति बिग्रिएका जसलाई मानसिक सन्तुलन गुमाएका भनिन्छ । उहाँहरूको पुनस्र्थापना गर्नको लागि नै यो संस्था स्थापना गरिएको हो ।

पूर्वाधारहरू के–के निर्माण गर्नुभएको छ ?

मानसिक सन्तुलन गुमाएका ति व्यक्तिहरूको लागि नुहाउनको लागि, खानको लागि र उहाँको उपचारको लागि डाक्टर र नर्सहरूको व्यवस्थापन गर्दैछौं ।
मानसिक सन्तुलन गुमाएका पुरूष, महिला र बालबालिकाहरूको लागि तीनवटा ब्लकको योजना बनाएका छौ । शुरूवातको अवस्थामा हामीले दशवटा बेडहरू बनाएका छौं । जुन बेडहरू आईसकेको छ । २५ जनाको क्षमता छ । दशवटा कोठाहरू छन् ।

पुनस्र्थापना सञ्चालनको लागि श्रोतहरू के–के छन् ?

मानसिक सन्तुलन गुमाएकाहरूको पुनस्र्थापना गर्नकै लागि भनेर हामीले केही महिना महायज्ञ लगाएका थियाँै । त्यहाँबाट पनि रकम संकलन भएको थियो ।
वडा कार्यालयले पनि बजेट छुट्याउने निर्णय गरेको छ । प्रदेश सरकारले पनि सहयोग गरेको छ । त्यसैगरी जनमानसबाट पनि सहयोग आईरहेको छ । कसैले इट्टा, कसैले सिमेन्ट, कसैले निर्माण सामाग्रीहरू सहयोग गरिरहनुभएको छ ।

निःशुल्क हो कि सशुल्क ?

यो निःशुल्क नै हो । धनी परिवारका व्यक्तिहरू त मानसिकको बिरामी हुने बित्तिकै नै ठूलो अस्पतालमा औषधी गराउनुहुन्छ । त्यहि अनुसारका स्याहार, सुसार पाईरहनु भएको हुन्छ ।
यहाँ आउने मानसिक सन्तुलन गुमाएका बिरामीहरू जो अलपत्र छन्, औषधी अनि राम्रो हेरचाह पाउनुभएको छैन् उहाँहरूको लागि निःशुल्क सेवा दिने योजना बनाएका छौँ । बेसहारा व्यक्ति जो सडकमा भेटिन्छन् उनीहरूको लागि निःशुल्क हो ?

पुनस्र्थापनामा राख्नको लागि प्रक्रिया के छ ?

हामीले सडकमा देखिएका मानसिक सन्तुलन गुमाएकाहरूलाई पुनस्र्थापना गृहमा राख्ने योजना बनाएका थियौँ । त्यस्तै माहोल पनि थियो ।
अहिले सरकारले नै सम्बन्धित वडाबाट नगरमा सिफारिस गरेर मात्र गृहमा राख्ने सर्कुलर आएको छ । हामीले त्यही अनुसार र सरकारको नियम नीतिअनुसार नै पुनस्र्थापना रहनेछ ।

ति मानसिक सन्तुलन गुमाएका बिरामीहरू भेटाउनुभएको छ त ?

छन्, सडकहरू मानसिक सन्तुलन गुमाएका महिला पुरूषहरू हामीले देखेका छौँ । त्यही भएर नै हामीले यो संस्थाको स्थापना गरेका हाँै । हामीले लगभग ३० जनाको नामहरू लिएका छौँ ।

पुनस्र्थापनाको लागि कसैको सहयोग छ कि ?

जग्गा व्यक्तिगत नै हो, जो संस्थाको नाममा छ । सहयोग भन्ने कुरा घोराही उपमहानगरपालिकाले केही सहयोग गरिरहेको छ । हेल्थ फाउन्डेसन र युएसए पढ्न गएका व्यक्तिहरूले यो संस्थाको लागि पनि सहयोग गरिरहनुभएको छ ।
मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि उपचार गर्ने डाक्टर, नर्स र औषधीको लागि भने हेल्थ फाउन्डेसनले नै जिम्मा लिएको छ ।

मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूलाई पुनस्र्थापनामा कसरी व्यवस्थापन गर्नुहुन्छ ?

पहिलेको समयमा मानसिक सन्तुलन गुमाएको व्यक्तिहरूलाई हेलाको दृष्टिले हेर्ने गरिन्थ्यो । उहाँहरूलाई माया, स्याहार, सुसारको साटो तिरस्कार गर्ने, साङ्लाले बाँधेर राख्ने गरिन्थो ।
अहिले त्यो नभएको यहाँ पुनस्र्थापना केन्द्रमा आएका बिरामीलाई उचित स्याहारसुसार गरेर, उहाँको स्वास्थ्य जाँच गरेर व्यवस्थापन गर्छौँ ।

अन्यले ति व्यक्तिहरूलाई तिरस्कार गर्छन्, तपाईले संस्था स्थापना गर्नुभयो किन् ?

म केही समय देश बाहिर बसे । त्यहाँ पनि सामाजिक संस्थामा जोडिएको थिए । आजभन्दा ६÷७ वर्ष अगाडिको कुरा हो । जहाँ पनि मानसिक रोगीका बिरामीहरू देख्थे । त्यसपछि मैले ति व्यक्तिहरूको लागि केही गर्नुपर्छ भनेर एउटा सोच बनाए अनि संस्था स्थापना गरे ।

शुरूमा संस्था स्थापना गर्न कति सहज भयो ?

गाह्रो भयो धेरै । सबैलाई बुझाउन । पागलहरूको संस्थासमेत भन्न भ्याउनुभयो । मलाई झन महापागल बनाईदिनुभयो । हुन त तर मानसिक सन्तुलन गुमाएका–हरूलाई पुनस्र्थापन गर्न सहज त छैन् ।
तर हामीले अब आउने चुनौतीहरूलाई व्यवस्थापन गर्नको लागि तयार भएका छाँै । सबैजना सकारात्मक हुुनुहुन्छ । सहयोग गरिरहनु भएको छ ।

अन्त्यमा के भन्नुहुन्छ ?

हामीले अबको एक महिनाभित्र मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि पुनस्र्थापना गर्ने तयारी गराईरहेका छौँ । एकपटक घोराही उपमहानगरपालिका वडा नं. ३ स्थित कुइरेपानीमा रहेको यो पुनस्र्थापना केन्द्रमा आउनुहोस् ।
यसलाई बुझ्नुस्, मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूको लागि जहाँ हुनु हुनहुन्छ त्यहीबाट सहयोग गरिदिनु र मानसिक सन्तुलन गुमाएको व्यक्तिमुक्त समाज बनाउने यो अभियानमा हातेमालो गर्नुहोस् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here