- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरघोडालाई निःशुल्क उपचार

घोडालाई निःशुल्क उपचार

- Advertisement -spot_img

तुलसीपुर, १६ माघ । तुलसीपुर उपमहानगरपालिका पशु विकास शाखाले घोडाहरूको संरक्षणका लागि एकदिने घोडा उपचार शिविर सञ्चालन गरेको छ ।
नगर क्षेत्रका एक सय घोडाहरूको लागि शिविर सञ्चालन गरिएको तुलसीपुर उपमहानगरपालिकाका पशु शाखाका सुवास आचार्यले बताए । घोडामा देखिने विभिन्न रोगको निवारणका लागि उपचचार शिविर सञ्चालन गरिएको उनले बताए ।
आचार्यले बजारमा घोडाको पार्किङको समस्या रहेको भन्दै उचित स्थानमा तबेलाको लागि शाखाले भूमिका खेल्नेसमेत बताए । सुरक्षित बासस्थान नहुँदा किसानहरूलाई समस्या परेको देखिन्छ, उनले भने,
यसका लागि ब्यवस्थित बासस्थान आवश्यक छ । नगरले यसमा प्रयास गरिरहेको छ । शाखाको तर्फबाट अरू पशुसरहको सुविधा यस वर्षदेखि घोडालाई पनि दिन थालेको उनले बताए । त्यहिअन्तर्गत निःशुल्क उपचार शिविर गरिएको र घोडा संरक्षणको गर्न लागिएको बताए ।

पेशा संकटको चिन्ता

ढुवानीमा सहयोग गर्दै आएका घोडाहरू लोप हुन लागेको घोडलद्दी किसान व्यवसायीहरूले पेशा संकटमा पर्न थालेको बताएका छन् । उनीहरूको बढ्दो प्रविधि र पुस्तान्तरणको कारण यो पेशा संकटमा पर्न थालेको बताएका हुन् ।
दाङमा रहेका घोडापालक किसानहरूले आफुहरूले गर्दै आएको घोडलद्दी पेशा संकटमा पर्न थालेको बताएका छन् । बढ्दो प्रविधि र पुस्तान्तरणको कारण यो पेशा संकटमा पर्न थालेको उनीहरूको गुनासो छ ।
आफूले पालेको घोडाको विमा गर्ने ब्यवस्था नभएको र घोडालाई ढुवानीको रूपमा दिइदै आएको र त्यहि काम अहिले पनि भइरहेको छ । यातायातका साधनहरूको विकास विस्तार र नयाँ पुस्ता यो अभियानमा आउन नक्दा घोडलद्दी पेशा लोप हुने अवस्थामा रहेको हो ।
बजार आउँदा घोडा बाँध्ने ठाउँसमेत नहँुदा समस्या भएको उनीहरूको भनाइ छ । दाङको तुलसीपुर क्षेत्रमा दुई सय घोडलद्दी किसानहरू रहेका छन ।
ढुवानीको साधनको रूपमा विश्वास जितेका घोडा अहिले यस्तै विभिन्न समस्याका कारणले लोप हुन लागेको र त्यसमा लागेका किसानहरू पनि विस्थापित हुने अवस्था आएको भन्दै घोडापालक किसान बलदेव चौधरीले बताए । उनले नयाँ पुस्तामा यो ब्यवसाय सर्नेमा शंकासमेत गरे ।
घोडाको महत्वलाई बचाई राख्न आफूहरू पुर्खौली पेशामा लागेको भन्दै राज्यबाट त्यसको बेवास्ता हुँदा समस्या भोग्नुपरेको गुनासो गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here