- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeसम्पादकीयस्वास्थ्यका लागि साइकल यात्रा

स्वास्थ्यका लागि साइकल यात्रा

- Advertisement -spot_img

वातावरणीय प्रदूषण नबनाउने सवारी साधन साइकल हो । सवारी साधनको चाप बढ्दै जाँदा साइकल चलाउने यात्रीहरु पनि बढिरहेका छन् । साइकलको प्रयोगले साना–साना सामाग्रीको ढुवानीसमेत गर्ने गरिएको अवस्थामा पछिल्लो समय साइकललाई स्वास्थ्य सुरक्षाका हिसावले महत्वपूर्ण साधन मानिएको छ ।
शरीरलाई स्वस्थ राख्नका लागि बिहान–बिहानै दौड्नेहरु साइकलको प्रयोग गर्न थालेका छन् । साइकल चलाएर कसरत हुन गई स्वस्थ हुन सकिने भएपछि कसरतका लागि साइकलको प्रयोग बढ्दै गएको छ ।
बिना इन्धनको रुपमा प्रयोग गर्न सकिने सवारी साधन साइकल अझ पछिल्लो समय महिलाले पनि प्रयोग गर्न थालेका छन् । सामान ढुवानी वा कुनै गन्तव्यमा पुग्नका लागि भन्दा पनि साइकलको प्रयोग कसरतको रुपमा लिने गरिएको छ ।
नेपालमा साइकिलिङ नयाँ विषयका रुपमा अघि बढेको छ । पुरुष, महिलाहरु यसैलाई विधाको रुपमा विकास गरेर विभिन्न प्रतियोगिताहरु पनि बेला–बेला सञ्चालन हुँदै आएका छन् । त्यहिको पछिल्लो उदहारण तलसीपुर महोत्सव ।
पुरुषको तुलनामा साइकल चलाउने महिला कमि नै छ तर पछिल्लो समयमा शारीरिक रुपमा स्वस्थ हुनका लागि महिलाहरुले साइकल चलाउन थालेका छन् । पुरुषको तुलनामा महिलालाई साइकल चलाउन चुनौती छ । तर पनि महिलामा साइकलप्रतिको आकर्षण बढेको पकै देखिन्छ ।
साइकल चलाउने काम पनि खेलकुद भएको भन्दै युवतीहरुले साइकल चलाउने गरेका छन् । वातावरणमैत्री सवारी साधनको रुपमा रहेको साइकललाई महत्व बढाउनका लागि पनि महिलाहरुमा साइकलप्रतिको आकर्षण छ ।
साइकल चलाउन महिलामा देखिएको साहसलाई सम्मान गर्दै साइकल चलाउन प्रोत्साहन गर्नका लागि सबैले प्रयास थाल्नुुपर्छ । विश्वका अधिकांश मुलुकहरुमा साइकल बढी नै छ । सुविधा सम्पन्न साधनहरु हुँदा पनि धनी राष्ट्रहरुका नागरिक समेत साइकिलिङ कायम राखेका छन् ।
साइकल चलाउनका लागि सडकमा छुट्टै लेन पनि छुट्याइएको हुन्छ । अझ भनौं विदेशीहरु नेपालमा घुम्न आएको समयमा अधिकांशले साइकलको प्रयोगबाट यात्रा गरिरहेका देखिनुले पनि साइकलको महत्व बढाएको निश्चित छ ।
खर्च पनि कम हुने र शारीरिक रुपमा पनि स्वस्थ हुने भएपछि नेपाल घुम्न आएका पर्यटकले पनि साइकल प्रयोग गर्ने गरेका छन् ।
नेपालका सडकमा साइकल लेनको पनि छुटै व्यवस्था हुनुपर्छ । इन्धनयुक्त सवारी साधनका कारण विश्व समुदाय प्रदूषणको मारमा परिरहेको छ । यस्तो अवस्थामा साइकलको प्रयोग बढाउन सकेमा वातावरणीय प्रदूषण घटाउन सकिन्छ ।
साइकल चलाउनका लागि युवा पुस्तालाई प्रेरित गर्नका विभिन्न किसिमका सचेतनामूलक कार्यक्रम गर्न जरुरी छ । साइकलको प्रयोगमा सहजताका लागि सडकका संंरचना सुधार गर्नुपर्छ ।
व्यस्त जीवनशैली र मानसिक श्रम गर्नेहरु बढी शारीरीक रुपमा अस्वस्थ बन्दै गएका छन् । यी कुराबाट मुक्त हुन अर्थात् शारीरिक रुपमा स्वस्थ हुनका लागि पनि साइकलको प्रयोग बढाउन आवश्यक देखिन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here