- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरमहिलामा साइकल क्रेज

महिलामा साइकल क्रेज

- Advertisement -spot_img

तुलसीपुर, १५ माघ । घोराहीकी रोशनी थापा साइकिलिङमा रूची राख्छिन् । उनको परिचय यो भन्दा अझै फराकिलो छ । उनी बैंकको जागिरे, तेक्वान्दोको ब्याल्क बेल्ट र गायिकासमेत हुन् । उनका चारवटा गीत बजारमा आइसकेका छन् ।
‘जीवनमा संघर्षका पाइला बढाउँदैछु, बरू मलाई अब पूर्व खेलाडी भने पनि हुन्छ,’ उनले भनिन्– ‘म पूर्व खेलाडी पनि हुँ, घोराहीकै क्रिजना पुन मगर पनि साइकलमा घुम्न रूचाउँछिन् । थापासँग क्रिजनाको धेरै कुरा मिल्छ ।
उनी पनि खेलाडी हुन्, कराँतेको ट–डन । गुरूकुल एकेडेमीकी कराते प्रशिक्षक उनी स्यालुट गोर्खा टेर्नर, उनी भारतीय र बेलायती सेना बन्न चाहने युवा–युवतीलाई ट्रेनिङ दिन्छिन् ।
उनी गतसाता बाग्मती प्रदेशको राजधानी हेटौंडामा भएको अफरोड च्याम्पियनसिपमा तेस्रो भइन् । दाङबाट हेटौंडा पुगेर खेल जितेर पुरस्कार ल्याएपछि घरपरिवार र साथीसङ्गी पनि खुसी छन् । प्रदेश नम्बर ५ को दाङमा थापा र मगरसहित अरू चारजना पनि ‘लेडी साइकिलिष्ट’ छन् ।
विन्दु पुन, सिर्जना केसी, रामकुमारी चौधरी र विना डिसी । उनीहरू साइकलबाटै लामो यात्रा गर्न थालेको धेरै भयो । शनिबार पनि उनीहरू २४ किलोमिटर साइकलबाटै तुलसीपुर आइपुगे ।
उनीहरू तुलसीपुर–बबई हुँदै पुरन्धारा झरनासम्म पुगे । उनीहरूले ३० किलोमिटर साइकिलिङ गरे । पुरूषहरूसँग प्रतिस्पर्धा गर्दै उनीहरू घरसम्म पुग्दा एक सय ८ किमी साइकलमै यात्रा गरे ।
स्थानीय यज्ञबहादुर केसीले साइकलमा यात्रा गर्ने महिलालाई देखेपछि हिम्मतवालीको संज्ञा दिए । ‘वाउ, हिम्मतवाली लेडीहरू’ उनको मुखबाट आवाज आयो ।
दाङमा साइकल चलाउनु नौलो भने होइन, पढ्न विद्यालय जाने छात्रछात्रादेखि कृषि कर्म गर्नेहरू पनि साइकल मै गुड्छन् । तर, जिल्लाका अरू कुनै पनि सहर बजारमा बस्ने युवतीहरू यसरी घोराहीका युवतीहरू जस्तै स्पोर्ट्सको रूपमा साइकल चलाउन भने सुरू गरिसकेका छैनन् ।
रोशनी थापा महिलाका लागि साइकिलिङ उपयोगी भएको तर्क गर्छिन् । ‘ग्रुपमा साइकिलिङ गर्दा रमाइलो हुन्छ,’ उनले अनुभव व्यक्त गरिन्– ‘आफ्नो स्वास्थ्यका लागि साइकल गुडाउनु राम्रो,
न पेट्रोलको खर्च न त वातावरण प्रदूर्षण नै, साइकल चलाउनु वातावरणीय हिसावले पनि राम्रो हो’ महिनावारीको समयमा पनि साइकिलिङ गर्ने उनले सुनाइन् ।
‘दिनहुँ १० देखि १५ किमी साइकिलिङ गरिन्छ’ उनले भनिन् । क्रिजना पुन मगरले त साइकिलिङमा अरू महिलालाई जोडिन आह्वान नै गरिन् । ‘मलाई घरपरिवारको पनि साथ छ । प्रतियोगितामा भाग लिन हौसला दिने गर्नुहुन्छ’ उनले भनिन् ।
साइकल टुर पर्यटन प्रवद्र्धनका लागि भन्दै तुलसीपुर उद्योग वाणिज्य संघले गरेको हो । संघका अध्यक्ष वीरबहादुर रावतका अनुसार ‘घुम्न जाउँ तुलसीपुर’ अभियानलाई यस्ता कार्यक्रमले सहयोग पु¥याउँछ ।
मानवीय जीवनमा साईकलको महत्व बुझाउन शनिबार तुलसीपुरदेखि पुरन्धारा झरनासम्मको साईकल टुर सुरू गरिएको हो ।
तुलसीपुर निवासी दाङ जिल्ला साइकिलिङ संघका उपाध्यक्ष खुमबहादुर न्यौपानेले तुलसीपुर, घोराही र बाँकेका साइकिलिष्टहरूसमेत गरी झण्डै तीन दर्जनजति सहभागी रहेको जानकारी दिए ।
साइकिलिङले मानवीय स्वास्थ्यमा लाभ पुग्नुका साथै वातवरणको प्रदूषणसमेत रोक्ने दाङ जिल्ला साइकिलिङ संघका अध्यक्ष रेशम केसीले बताए ।
उनले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अभियानले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे । शनिबारको साईकल टुरमा बाँके साइकिल क्लवका सचिव सुरेन्द्रदिप कार्कीसहित चारजना ¥यालीका लागि दाङ आए ।
उनले साइकिलिङ गर्नु स्वास्थ्यको लागि सबैभन्दा उत्तम भएको बताए । सामाजिक रूपमा पनि साइकलको एकदमै धेरै महत्व रहेको हुँदा राज्यले छुट्टै साइकल लेनहरूको विकास गर्न ध्यान दिनुपर्ने उनको भनाइ छ ।
ठूला गाडीले हेप्ने र पेल्ने गर्ने गरेको उनले बताए । सडकहरू साइकिलिङका लागि असुरक्षित रहेको हुँदा छुट्टै साइकल लेन निर्माण गर्न आवश्यक रहेको उनको तर्क छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here