- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरबालमैत्री विद्यालयका रुपमा विकास गरिने

बालमैत्री विद्यालयका रुपमा विकास गरिने

- Advertisement -spot_img

सेन्टर माविको ४९औं वार्षिकोत्सव …
तुलसीपुर, १५ माघ । तुलसीपुरमा रहेको माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले विभिन्न कार्यक्रम गरी आफ्नो ४९औं वार्षिकोत्सव मनाएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा एवं शिक्षा समिति संयोजक देवराज विश्वकर्माको विशिष्ट आतिथ्यतामा विद्यालयको वार्षिकोत्सव कार्यक्रम भएको हो ।
वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पाण्डेले शिक्षाको गुणस्तरियतामा जोड दिन आग्रह गरे । सेन्टर मावि तुलसीपुर अरू सामुदायिक विद्यालयको तुलनामा शैक्षिक गुणस्तरमा अब्बल रहेको भन्दै बालमैत्री शिक्षामा जोड दिनुपर्ने बताए ।
यस्तै शिक्षा समितिका संयोजक विश्वकर्माले शिक्षाको गुणस्तरीयताका लागि शिक्षक, विद्यार्थी र अभिभावकको त्रिकोणात्मक सम्बन्धलाई बलियो बनाउनुपर्ने बताए ।
वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछानेले बालमैत्री विद्यालय बनाउन सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
विद्यालयकोे वार्षिक प्रतिवेदन आयब्यय प्रस्तुत गर्दै प्रधानाध्यापक पौडेलले विद्यालयलाई दाङको बालमैत्री सर्वोत्कृट विद्यालयका रूपमा विकास गर्ने, नेपालमा नै नमुना विद्यालका रूपमा चिनाउने योजना रहेको बताए ।
उनले विद्यालयमा शैक्षिक सिकाइ मात्र नभई अतिरिक्त क्रियाकलाप संगीत कक्षा सञ्चालन, खेल कक्षाहरूको ब्यवस्था गरेको बताए ।
विस २०२७ सालमा स्थापना भएको सेन्टर स्कुलमा अहिले करिब १ हजार ४ सय विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् ।
विभिन्न शिक्षाका विधामा रहेर अध्यापन गराउँदै आएको मावि सेन्टर स्कुलमा २०७३ सालदेखि प्राविधिक शिक्षातर्फ ईलेक्ट्रोनिक ईन्जिनियरीङ,
२०७५ सालमा आईटी अर्थात् सूचना प्रविधि कक्षा सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताए । वार्षिकोत्सवमा समारोहमा तीन दिनसम्म विभिन्न खेल प्रतियोगिताहरू भएका थिए ।
भलिबल प्रतियोगिता, फुटबल प्रतियोगिता, १ सय मिटर र २ मिटर दौड प्रतियोगिता, सट पुट थ्रो, हाजिरीजवाफ, ब्यालुन दौड, कुर्सी दौड, घैटा फोड र शिक्षकहरूको ब्याड मिन्टनलगायतका खेलहरू भएको विद्यालयका शिक्षक एवं खेल संयोजक साजन ओलीले जानकारी दिए । कार्यक्रममा दुईजना शिक्षकलाई सम्मान गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा शिक्षक तथा विद्यार्थीले विभिन्न नृत्यहरू प्रस्तुत गरेका थिए । शिक्षक नरेश ओलीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण शिक्षक रमा आचार्यले गरेको विद्यालयका शिक्षिका बिमला डाँगीले जानकारी दिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here