Tuesday, March 26, 2024
Homeफिचरदोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रोजीलाई

दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी रोजीलाई

- Advertisement -spot_img

देउखुरी, १५ माघ । नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी रोजि बड्स बालबाटिका माध्यमिक विद्यालयले हात पार्न सफल भएको छ ।
यस अघि आदर्श माध्यमिक विद्यालयले जितेको रनिङ शिल्ड यस वर्ष रोजी बड्स बालबाटिकाले हात पारेको हो । लमही नगरपालिकाको आयोजना र रोजी बड्स बालबाटिका माध्यमिक विद्यालय लमहीको सहआयोजनामा कार्यक्रम भएको हो ।
रोजीले आठ स्वर्ण, चार रजत, चार कास्य जितेर प्रथम भएको हो । बालजनता माध्यमिक विद्यालय बनगाउँले सात स्वर्ण, चार रजत र तीन कास्य जितेर द्वितीय स्थान हासिल गरेको छ ।
सनलाईट बोर्डिङ स्कुल लमहीले छ स्वर्ण, तीन रजत जितेर तेस्रो भएको छ । गोर्खा बोर्डिङ स्कुल लमहीले चार स्वर्ण, छ रजत र सात कास्य जितेर सान्त्वना भएको छ । आदर्श नमुना माध्यमिक विद्यालयले तीन स्वर्ण, तीन रजत र पाँच कास्य पदक जितेको छ ।
आउँदो बर्ष लमही नगरपालिका वडा नम्बर ३ भित्रको विद्यालयले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरीले बताए ।
लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले उपाधी जित्ने विद्यालयलाई शिल्ड प्रदान गर्दै प्रतियोगितामा सहभागी सबैलाई नगर प्रमुख केसीले शुभकामना समेत दिए ।
हरेक वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई व्यवस्थित गर्दै लगिएको नगर प्रमुख केसीले बताए । कार्यक्रममा उपप्रमुख देवका बेल्वासे, वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरी, शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री,
सूर्यविनायक माध्यमिक विद्यालय नर्तिका प्रधानाध्यापक विष्णु पौडेल लगायतका वक्ताहरूले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक बसन्त न्यौपानेले गरेका थिए  ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here