- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeखेलकुदउपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

उपमेयर कप भलिबलको उपाधि पद्मोदयलाई

- Advertisement -spot_img

घोराही, १५ माघ । घोराही उपमहानगरपालिकाले आयोजना गरेको प्रथम उपमेयर कप विद्यालयस्तरीय छात्रा भलिबल प्रतियोगिताको उपाधि पद्मोदय पब्लिक नमुना मावि भरतपुरले जितेको छ । पद्मोदयले गोर्खा मावि घोराहीलाई ३—१ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।
गत पुस २७ गते देखि सुरु भएको भलिबल प्रतियोगिताको मंगलबार भरतपुर मैदानमा फाईनल खेल भएको हो । गोरखा र पद्मोदय बीचमा भएको पहिलो खेलमा २५–१५, दोस्रो खेलमा पद्मोदय र गोरखाको २५–१४, तेस्रोमा २५–१८ र चौथो खेलमा २५–१४ अंक ल्याउँदै पद्मोदयले उपमेयर कप भलिबलको उपाधि जितेको छ ।
प्रतियोगितामा ज्ञानसिन्धु माविलाई हराउँदै पद्मोदयले फाइनलको यात्रा गरेको थियो भने गोरखाले मावि रझेनालाई हराउँदै फाइनलको यात्रा गरेको हो । प्रथम भएको पद्मोदयले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । यस्तै दोस्रो भएको गोरखा माविले नगद २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
विजेता र उपविजेतालाई बुधबार नगरको स्थापना दिवसमा पुरस्कार तथा शिल्ड प्रदान गर्ने कार्यक्रम रहेको छ । प्रतियोगितामा नगरभित्रमा माविस्तरका १३ विद्यालयका छात्राहरु सहभागी भएका थिए ।
विद्यालयस्तरबाटै छात्राहरुलाई भलिबलमा प्रोत्साहन गर्ने उद्देश्यले यस वर्षदेखि भलिबल प्रतियोगिता आयोजना गरिएको उपप्रमुख सीता सिग्देल न्यौपानेले जानकारी दिए ।
यसैबीच मंगलबार महिला जनप्रतिनिधि र महिला पत्रकारहरुबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता भएको छ । खेलमा जनप्रतिनिधि महिलाले जित हासिल गरेका छन् ।
जनप्रतिनिधि र पत्रकारहरुबीच भएको पहिलो खेलमा २५–० र दोस्रो खेलमा २५–९ अंकले जनप्रतिनिधि महिला विजयी भएका हुन् ।
जनप्रतिनिधिहरुको तर्फबाट उपप्रमुख सीता सिग्देल न्यौपाने र पत्रकारहरुको तर्फबाट पत्रकार महासंघका उपाध्यक्ष लिला शाहको नेतृत्वमा खेल भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here