Thursday, April 18, 2024
Homeमुख्य खबरविव्यस अध्यक्षमा केसी

विव्यस अध्यक्षमा केसी

- Advertisement -spot_img

तुलसीपुर, १५ माघ । तुलसीपुर–१० पातु बनगाउँमा रहेको नवजागृति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा हिमबहादुर केसी चयन भएका छन् । विद्यालयमा आइतबार भएको भेलामा केसीको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमित चयन गरिएको हो ।
समितिको सदस्यहरुमा जानकी चौधरी, तुलसी लामिछाने, शरण चौधरी चयन भएका छन् । समितिको पदेन सदस्यमा वडा अध्यक्ष कुमार लामिछाने, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक महेश लामिछाने चयन भएका छन् । शिक्षक प्रतिनिधि एकजना सदस्य पछि थप्ने गरी नयाँ कार्यसमिति चयन गरिएको हो ।
भेलाले पुष्पा लामिछानेको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको सदस्यमा विष्णु महरा, गोपाल बस्नेत, रामबहादुर केसी, शिवराज वली, टिकाराम खड्का, बाबुराम चौधरी, शुष्मा घर्ती चयन भएका छन् । समितिमा अन्य सदस्य पछि थप्ने गरी संघ गठन गरिएको हो । शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर बस्नेतको अध्यक्षतामा भेला भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here