- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबरभवन शिलान्यास तथा अभिभावक भेला

भवन शिलान्यास तथा अभिभावक भेला

- Advertisement -spot_img

सल्यान, १५ माघ । पश्चिम सल्यानको शिक्षा क्षेत्रको शिक्षा श्री त्रिभुवन जनता मावि च्युराको भवन शिलान्यास, प्राविधिक धारको प्रयोगशाला तथा अभिभावक भेला उद्घाटन भएको छ ।
भवन उद्घाटन आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले तीनकोठे भवन, सांसद तथा नेकपा कर्णाली प्रदेश प्रमुख सचेतक गुलावजङ शाहले दुईकोठे भवन तथा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुनले ( आइसिटी ल्याव)को प्राविधिक धारको प्रयोगशाला उद्घाटन गरेका छन् ।
प्रमुख अतिथि अर्थमन्त्री प्रकाश ज्वालाले विद्यालयमा जुनसुकै सहयोग गर्न तयार रहेको बताए । पूर्व प्रधानाध्यापकसमेत रहेका ज्वालाले आफूहरूले विद्यालय स्थापना गर्दा गाउँ–गाउँमा गएर सहयोग उठाएर विद्यालय स्थापना गरेको र आफ्नो यो विद्यालयमा नजिकको नाता रहेको बताए ।
अहिले युग भनेको प्राविधिक शिक्षाको युग भएको र त्यसको लागि अन्य प्राविधिक धार ल्याउन तयार हुन आफू त्यसको लागि सहयोग गर्न तयार रहेको बताए ।
शिक्षक भनेको पढाउने मात्र नभएर समाज सेवा गर्ने भएकोले त्यतातिर ध्यान दिन आग्रह गरे । जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर गयाँै भने हाम्रो शिक्षा सुधार हुने र देशको विभिन्न ठाउँबाट पढ्न आउने बताए । बनगाडमा नेतृत्व भएदेखि विकासका लागि आवश्यक थुप्रै बजेट छुट्याएको समेत मन्त्री ज्वालाले बताए ।
यस क्षेत्रको विद्यालयलाई नमुना विद्यालय बनाउन सकिने बताए । शिक्षकले मात्र विद्यालयले मात्र हुँदैन, राजनीतिकर्मी, जनप्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थी सबै मिलेर कमजोरीहरूलाई पत्ता लगाए त्यसको निरूत्साहित गरियो भने मात्र पश्चिम सल्यानको शिक्षा क्षेत्र सुधार गर्न सकिने सांसद शाहले बताए ।
यस क्षेत्रको बनगाड पहिचान नाचबाट दिएको छ पढाइको क्षेत्रलाई पनि बनगाड पहिचानका साथ अगाडि बढाउन सकिने बताए ।
नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतकसमेत रहेका शाहले पञ्चायत कालदेखि हिडेरहेको बाटो सल्ली चौरजहारी सडक स्तरोन्नति हुन नसकेकोमा दुःख व्यक्त गर्दै अब छिट्टै स्तरोन्नति गर्ने पहल गर्ने र अब दैनिक यात्रा गर्दा यात्रुले गाली गर्नु अवस्था हट्ले बताए ।
नेकपाको सबै नेतृत्व बनगाडमा भए पनि आफूहरूले विकासमा गर्न नसकेको पनि बताए । कार्यक्रममा बनगाड कुपिण्डे नगरपालिका नगर प्रमुख गोविन्द कुमार पुन, नेकपा जिल्ला सचिव कर्णबहादुर बुढाथोकी, कर्णाली मुख्य मन्त्रीका राजनीति सल्लाहकार भिमप्रकाश शर्मा,
नगर उपप्रमुख मञ्जु यरि, राष्ट्रिय परीक्षा बोर्डका प्रमुख जित बहादुर शाह, नेकपा नगर अध्यक्ष किर्ती बहादुर राना, सचिव गन्जमान बुढा, नेपाली काँग्रेस नगर सभापति टोपबहादुर भण्डारी, दिपेन्द्र विष्ट,
राप्रपा नगर अध्यक्ष डिल्ली बहादुर राना, बनगाड क्याम्पस प्रमुख गणेश चन्द, वडा अध्यक्ष, निर्माण व्यवसायी प्रदेश ५ का महासचिव प्रकाश शाह, विद्यालयका प्रअलगायत विद्यार्थी, अभिभावकहरूको उपस्थिति रहेको थियो ।
यस विद्यालयलाई जिल्लाकै नमुना विद्यालय बनाउने उद्देश्य रहेको प्राध्यापक गुमान सिंह विष्टले बताए । विद्यालयमा ९ सय ९८ विद्यार्थी रहेका छन् । २०३२ सालमा स्थापना भएको विद्यालय ४४ वर्ष पार गरी ४५ वर्षमा प्रवेश गरेको छ ।
विद्यालयको आगामी वर्षको कार्ययोजना आर्थिक वर्ष ०७६/७७ अनुमानित बजेट र आर्थिक वर्ष ०७५/७६ को आयव्ययसमेत प्रस्तुत गरिएको थियो । उक्त विद्यालयमा अहिले कृषि बाली विज्ञान र आइसिटी ल्यावसहित शिक्षाको पढाइ भैरहेको जानकारी दिए ।
शिक्षक पूर्णबहादुर जैसीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको अध्यक्षता विव्यस अध्यक्ष हरिलाल विष्टले गरेका थिए भने कार्यक्रमको सहजीकरण शिक्षक विरेन्द्र शाहीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here