- Advertisement -spot_img
Friday, June 18, 2021
Homeमुख्य खबरहाम्रो पहँचमा खेलकुद सप्ताह

हाम्रो पहँचमा खेलकुद सप्ताह

- Advertisement -spot_img

तुलसीपुर, १५ माघ । विद्यार्थीलाई खेलक्षेत्रमा आकर्षण बढाउन हाम्रो पहुँच सेकेण्डरी स्कुलमा खेलकुद सप्ताह शुरू भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उत्तमप्रसाद भण्डारीको अध्यक्षता तथा नेपाल तेक्वान्दो संघका केन्द्रीय सहकोषाध्यक्ष सुमनकुमार घलेको प्रमुख आतिथ्यतामा खेलकुद सप्ताहको उद्घाटन गरिएको हो ।
सहभागीहरूले खेलकुदले मानिसको शारीरिक विकास मात्रै नभएर राष्ट्रको नै विकास गर्ने भएकाले विद्यालयमा अनिवार्य रूपमा खेलकुद प्रतियोगिताहरू राख्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमका नेपाल तेक्वान्दो संघका केन्द्रीय सह–कोषाध्यक्ष सुमनकुमार घलेले खेलकुदको माध्यमबाट आफू र आफ्नो राष्ट्रको पहिचान बनाउनको लागि खेल क्षेत्रमा जोडिनुपर्ने बताए ।
उनले विद्यालयहरूमा शिक्षा मात्र नभई विभिन्नखाले खेलकुद प्रतियोगीलाई पनि समेट्नुपर्ने भन्दै आफ्ना बालबालिकालाई कुनै न कुनै खेलक्षेत्रमा जोड्न अभिभावकहरूलाई आग्रह गरे ।
कार्यक्रममा भलिबल संघ प्रदेश नं. ५ का अध्यक्ष देवेन्द्र सि बैरागी, विद्यालय व्यवस्थापन समितिका संयोजक भरत भण्डारी, अभिभावक माधवप्रसाद भण्डारी लगायतले खेलकुदको विकासका लागि विद्यालयले आयोजना गरेको खेलकुद कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्ने बताए ।
कार्यक्रममा विभिन्न रितिरिवाज, संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयका प्रधानाध्यापक डिआर भण्डारीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सहप्रधानाध्यापक शिव पुनले गरेका थिए ।
यसैबीच सोमबार अभिभावक बीच कुर्सी दौड र तेक्वान्दोमा दुई समूहको प्रतियोगीताहरू सम्पन्न भएको छ । कुर्सी दौडमा अभिभावक विकास परियार प्रथम, मुना श्रेष्ठ दोस्रो र देवि खड्का तेस्रो भएका थिए ।
यस्तै ४३ केजी मुनिको तेक्वान्दोतर्फ रोहिनी नेपाली प्रथम, अस्मिता राम्जा दोस्रो, आकृति पुन र निकिता बिसी तेस्रो भए । २७ केजी मुनिको तेक्वान्दो प्रतियोगितामा छात्रतर्फ आशिष गुरूङ प्रथम, ईशाक विक दोस्रो, निराजन मल्ल र ओविन भण्डारी तेस्रो भएका छन् ।
आज बुधबार फुटवल, कबड्डी, क्रिकेट लगायतका प्रतियोगिता सञ्चालन हुने भएका छन् । खेलकुद प्रतियोगिता आगामी १७ गतेसम्म सञ्चालन हुने भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here