- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयस्थानीय उत्पादन प्रवद्र्धनमा जोड

स्थानीय उत्पादन प्रवद्र्धनमा जोड

- Advertisement -spot_img

दाङमा अहिले घोराही र तुलसीपुरमा महोत्सव सञ्चालन भइरहेका छन् । स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव सञ्चालन भएका छन् ।
महोत्सवमार्फत् कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भनिए पनि महोत्सवमा अन्य जिल्ला बाहिरका सामाग्रीको बिक्री वितरण बढी भएको पाइन्छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नका लागि भनेर राखिएका स्टल बहाना मात्रै छन् ।
तुलसीपुरको महोत्सवमा पनि अल्लोबाट प्रशोधित सामाग्री तथा सल्यानी खुकुरी बिक्रीका लागि राखिए पनि ति सामाग्रीको बिक्री वितरण सोचेजस्तो पाउन सकिएको छैन् ।
स्थानीय उत्पादनको प्रवद्र्धनका लागि भनेर बिगतका वर्षमा पनि महोत्सव सञ्चालन भएका हुन् तर ति महोत्सवले उत्पादनलाई प्राथमिकता दिन सकेको पाइएन् ।
महोत्सवमा कृषि सामाग्रीको प्रदर्शनी हात्तीका देखाउने दाँतजस्तै भएको छ । प्रदर्शनीमा राखिएका कृषि उत्पादनका बारेमा न कृषकले सोधि खोजी गर्ने गरेका छन् न किसानलाई परामर्श दिने गरिएको छ ।
महोत्सवमा साँस्कृतिक कार्यक्रम, मौतका कुवा, पिङ, जादुगरलगायतका कुरा बढी प्रवद्र्धन भएको जस्तो देखिन्छ । कृषि तथा पशुपालनको प्रवद्र्धन गर्ने भनेर स्टल राखिए पनि स्टलमा सीमित भएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्नका लागि जतिसक्दो धेरै स्टलमा छुट प्रदान गरी स्टलको संख्या बढाउने र महोत्सवमा प्रवेश गर्नेहरूलाई ति स्थानीय उत्पादनको बारेमा प्रशिक्षण दिने गरिएको छैन् ।
स्थानीय उत्पादनको बजारीकरणका लागि मेलामा आउने दर्शकहरूलाई ति उत्पादनको विषयमा जानकारी दिने, ति वस्तुको उत्पादनका लागि प्रोत्साहन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने काम शुन्यजस्तै भएको छ ।
स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव सञ्चालन गरिएको भन्ने गरिए पनि नारामै सीमित देखिन्छ । दाङमा स्थानीय उत्पादन धेरै भएपनि सीमित सामाग्रीमात्रै महोत्सव स्टलमा देखिन्छन् । महोत्सवमा राखिएका ति उत्पादनको पनि प्रचार–प्रचार राम्रो हुन सकेको छैन् ।
तुलसीपुर र घोराहीमा सञ्चालन भइरहेको महोत्सवमा स्थानीय उत्पादनका सामाग्रीको प्रचार–प्रसारमा कन्जुस्याँई भएको छ । ति स्थानीयस्तरमा निर्माण गरिएका सामाग्रीको प्रवद्र्धन गर्नसकेमा जिल्लाको आर्थिक विकासमा सहयोग पुग्ने देखिन्छ ।
जिल्ला बाहिर मात्रै भन्दा पनि नेपाल बाहिरका सामाग्रीको बिक्री गरेर आर्थिक समृद्धि हुँदैन् । जिल्लाको आर्थिक समृद्धिका लागि स्थानीय उत्पादनको बिक्री वितरण बढाउन सक्नुपर्छ ।
त्यसका लागि प्रचार–प्रसारलाई बढी भन्दा बढी ध्यान दिनुपर्छ । नाममा स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भन्ने तर जिल्ला तथा देश बाहिरका सामाग्रीको प्रवद्र्धन मेला महोत्सवमा बढी हुने गरेको छ ।
दाङलाई आर्थिक समृद्धिमा लैजान कृषि तथा स्थानीय उत्पादनको प्रवद्र्धन गरौं, यसका लागि जिल्लामा सञ्चालन हुने मेला महोत्सवले विभिन्न किसिमका परामर्श, आधुनिक कृषिको बारेमा विभिन्न बहस चलाउन जरूरी छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here