- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरमहोत्सवमा अल्लोका कपडाको आकर्षण

महोत्सवमा अल्लोका कपडाको आकर्षण

- Advertisement -spot_img

तुलसीपुर, १४ माघ । माग १० गतेबाट सञ्चालन भईरहेको तुलसीपुर महोत्सव–२०७६ मा अल्लो (पुवा) बाट बनेका कपडाहरूको आकर्षण बढ्दै गएको छ । महोत्सवमा अल्लोबाट बनेका कोट, ज्वारीकोट, इष्टकोट, टोपी, चप्पल, जुत्ता, सल, झोलामा ग्राहकको आकर्षण बढ्दै गएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजार निवासी शर्मिला पुनले अल्लोको कपडाहरू स्वास्थ्यका लागि फाइदाजनक हुने भएकाले अधिकांश मानिसहरू अल्लोका कपडा किन्न आउने गरेको बताइन् ।
अल्लोका तयारी पोशाक लगाउनका लागि उत्कृष्ट, छालाजन्य समस्याहरूका लागि फाइदाजनक भएकाले मेला हेर्न आउनेहरूले आफ्नो स्टलबाट अल्लोबाट बनेका सामाग्रीहरू किनेर लैजाने गरेको बताईन् । उनका अनुसार अहिले स्टलमा १ सयदेखि साढे सात हजारसम्मका कपडाहरू रहेका छन् ।
मगर समुदायहरूको परम्परागत तथा पुर्खौली पेशाका रूपमा रहेको अल्लोको कपडा उत्पादन पछिल्लो समय राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै विशेष मानिदै गएको उनले बताईन् ।
अल्लो हिमाली तथा पहाडी क्षेत्रका जंगलमा मात्र पाइने भएकाले यसको प्रमुख उत्पादन पहाडी जिल्लाहरूमा हुने गरेको उनले बताइन् ।
उनका अनुसार वर्षौदेखि सुकेका तथा कुहिएका अल्लोलाई पकाएर, धागो पिटेर त्यसलाई प्रशोधन गरी कपडाहरू उत्पादन गर्ने गरिन्छ ।

सिस्नोको विभिन्न प्रजातिमध्ये चाल्ने सिस्नो र हाते सिस्नोका रूपमा अल्लोलाई लिने गरेको उनको भनाइ छ । ‘अल्लोबाट बनेका कपडाहरू विशेषतः हरेक मौसमका लागि उपयुक्त हुन्छन्’ उनले भनिन्–
‘छालाजन्य रोगहरूका लागि समेत अल्लोका कपडाहरू निकै महत्वपूर्ण मानिन्छन्, अल्लोका कपडाले चिसोमा तातो र तातोमा चिसो प्रदान गर्ने गर्दछ ।’ आधुनिक धागोका रूपमा समेत चिनिने अल्लोका उत्पादनहरू नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमै विशेष मानिन्छन् ।
यस्तै अल्लोबाट बनेको टोपी किन्दै गरेका तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी विनोदकुमार केसीले उत्कृष्ट र गुणस्तरका आधारमा अल्लोका कपडा उत्कृष्ट मानिने बताए ।
‘अन्य धागोबाट बनेका कपडाभन्दा यसबाट उत्पादन गरिएका कपडाहरू महंगो हुन्छन्’ उनले भने– ‘मूल्य धेरै पर्ने भएकाले मानिसले खासै प्रयोग गर्ने गरेको पाईँदैन ।’

साथै अल्लोबाट बनेका कपडाहरूको प्रयोगले रक्तचाप, मघुमेहजस्ता रोगहरूबाट समेत बच्न सकिने उनको भनाइ छ । नेपाली बजारमा अल्लोको उत्पादनलाई प्रोत्साहन गर्न,
बजारीकरण र मगरहरू पहिचानका लागि घोराहीमा रहेको प्रेम निश अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योगमार्फत बिक्रीका लागि महोत्सवमा राखिएको उनले जानकारी दिईन् ।
पश्चिम नेपालको रूकुम र रोल्पाका विभिन्न ठाउँमा अल्लोका कपडाहरू उत्पादन हुने गरेको भएपनि अहिले घोराहीको नयाँ बजारमा यसको उद्योग सञ्चालन भईरहेको उनले बताईन् ।
उद्योगबाट वार्षिक लाखाँै कारोवार हुँदै आएको उनको भनाई छ । दाङमा उत्पादन भएका कपडाहरू नेपालका विभिन्न ठाउँ, भारत, युकेलगायत अन्य विदेशी मुलुकहरूमा जाने गरेको उनले बताईन् ।
घोराहीमा रहेको प्रेम निश अल्लो (पुवा) धागो तथा तयारी पोशाक उद्योग र चिनारी महिला साझेदारी अल्लो उद्योग समूहले संयुक्तरूपमा अल्लोबाट बनेका सामाग्रीहरू बिक्रीका लागि राखेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here