- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरयुवा पुस्तामा जाँदै थारू संस्कृति

युवा पुस्तामा जाँदै थारू संस्कृति

- Advertisement -spot_img

घोराही, १४ माघ । ‘माघी र दसैँको समयमा आमाहरू नाच्ने गर्नुहुन्थ्यो, मैले त्यही हेरेर नाच्न सिकेको हुँ’ घोराही उपमहानगरपालिका वडा नं. १७ की रञ्जीता चौधरी थारू गीतमा आकर्षक नाच्छिन् ।
तर उनलाई कसैले नाच्न भने सिकाएको होइन् । साझ बिहान खेतीपाती आमाबुवासँग बिताउछिन् भने दिउसोको समयमा स्कुल जान्छिन् । उनलाई थारू समुदायमा नाचिने मघौटा, छोक्रा लगायतका गीतमा नाच्न जानीसकेकी छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १७ ले आयोजना गरेको माघक नस्नौरी ख्यारा साँस्कृतिक कार्यक्रम उनले थारू समुदायको गीतमा नृत्य प्रस्तुत गरिन् ।
थारू समुदायमा लगाईने पोशाकदेखि गहनामा सजिएकी उनी स्टेजमा निर्धक्क नाचिन् । ‘मलाई कसैले पनि नाच्न सिकाएको होइन्, सानै उमेरदेखि आमाहरू माघीमा नाच्ने क्रममा हेर्ने गर्थे, त्यहीबाट सिकेको हुँ’ उनले भनिन् ‘शुरू–शुरूमा स्टेजमा नाच्न डर अनि लाज लाग्थ्यो, अहिले बानी परिसके ।’ उनलाई आफ्नो समुदायका भाकाहरू गाउन र नाच्न राम्रो लाग्छ ।
‘माघी आउने समयमा हामी चौधरी समुदायका साथीहरू केही दिन पहिलेदेखि नै समूह मिलाएर आफै नृत्य अभ्यास गर्छौ’ उनले भनिन् ‘त्यसपछि एकैपटक यस्तै–यस्तै कार्यक्रममा जान्छाँै ।’
त्यसैगरी घोराही उपमहानगरपालिका निरज चौधरी उमेरले १४ वर्षमा मात्रै टेकेका छन् । उनी पनि थारू समुदायमा गाइने गीतमा नक्कल गर्दैछन् ।
‘अन्य समुदायको जस्तो क्लव, नाच सिकाउने गुरू हाम्रोमा हुनुहुन्न’ उनले भने ‘हामी यस्तै चाडपर्वको समयमा अग्रजहरू नाचेको देखेर सिक्छौँ ।’ थारू समुदायका अग्रजहरूले नाच्ने क्रममा नमिलेको खण्डमा सच्चाईदिने गरेको उनले बताए ।
रञ्जीता र निरज मात्रै होइनन् थारू समुदायका अधिकांशले आफ्नै मौलिक कला प्रस्तुत गर्दै आईरहेका छन् ।
थारू समुदायका पुस्ताहरूको सिको गर्दै आफ्ना मौलिक कलाहरू प्रस्तुत गर्ने गरेका छन् । थारू समुदायका आमा समूहहरू हुन् वा युवा पुस्ता आफ्नै मौलिक कला जस्ताको तस्तै पुस्तान्तरण गर्दै आईरहेका छन् ।
थारू समुदायका अगुवा लक्ष्मीमान चौधरीले थारू समुदायका युवाहरूलाई नाच सिकाउनकै लागि भनेर कुनै क्लव नभएको बताए ।
‘माघी तथा चाडपर्व आउनेक्रममा आफ्नै समूह बनाएर सिक्छन् अनि नाच्छन्’ उनले भने । थारू समुदायमा सामूहिक चाडपर्व मनाउने रमाउने भएकाले पनि छिटो नक्कल गर्न सकिने उनले बताए ।
नेपाली काँग्रेस वडा नं. १७ ले आयोजना गरेको माघक नस्नौरी ख्यारा साँस्कृतिक कार्यक्रममा विभिन्न विधाका थारू नृत्यहरू प्रस्तुत गरेका थिए । साना किशोरीदेखि वृद्धवृद्धाहरूले नृत्य प्रस्तुत गरेका थिए ।
नेपाली काँग्रेस घोराही उपमहानगरपलिका वडा नं. १७ का अध्यक्ष बुझौना चौधरीको अध्यक्षता तथा नेपाली काँग्रेसका पूर्व सभापति विरकेश्वरी गौतमको प्रमुख आतिथ्यता तथा पूर्व जिल्ला सचिव कमलकिशोर घिमिरेको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूले माघी पर्व मनाउनुको महत्व, माघी पर्व र थारू समुदायबीचको सम्बन्धका बारेमा स्थानीय भिमकान्त चौधरीले प्रष्ट पारेका थिए ।
माघी पर्व चौधरी समुदायहरूको नयाँ वर्ष र चौधरी समुदायहरूको नीति नियम र संस्कृतिलाई निरन्तरता दिनका लागि महटवा चयन गर्ने समयका रूपमा पनि महत्वका साथ लिने चौधरीले बताएका थिए ।
कार्यक्रममा नेपाली काँग्रेस घोराही उपमहानगरपलिका वडा नं. १७ महिला संघका अध्यक्ष लक्षिमान चौधरीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रममा नगरप्रतिनिधि प्रमोद पोख्रेल, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, ने
पाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीलगायतले शुभकानमना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण इकाई सचिव चिल्लु चौधरीले गरेका थिए । यही कार्यक्रमबाट माघी पर्वको समापन पनि गरिएको जानकारी गराईएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here