- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरमहोत्सवमा दर्शकको आकर्षण बढ्दै

महोत्सवमा दर्शकको आकर्षण बढ्दै

- Advertisement -spot_img

दाङ, १४ माघ । दाङमा जारी महोत्सवमा दैनिक दर्शक बढ्दै जान थालेका छन् । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको धमकेदार प्रस्तुतिले दर्शकमा रौनता थपिदै गएको छ ।
तुलसीपुर महोत्सवमा सोमबार पशुपति शर्मा, राधिका हमाललगायतका कलाकारको प्रस्तुतिले पनि महोत्सवमा दर्शकहरू रमाएका थिए ।
तुलसीपुरको टरिगाउँ विमानस्थलको स्तरोन्नति र उद्योग वाणिज्य संघको निर्माणाधिन सभाहलको पूरा गर्नका सञ्चालन भएको महोत्सवमा झण्डै ४० हजार दर्शकले अवलोकनका लागि महोत्सव मूल आयोजक समितिले जनाएको छ ।
समग्र दाङको विकासका लागि नैतिक दवावका लागि पनि महोत्सवमा ठूला र महत्वकांक्षी योजना अघि सारेको महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरवहादुर रावतले भने–‘विकासका लागि साझा धारणा बनाउन आवश्यक छ ।’
यसैबीच प्रदेशसभा सदस्य, सार्वजनिक लेखा समितिका संयोजक डिल्लीबहादुर चौधरीले मेला महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नुपर्ने बताए ।
महोत्सवमा मंगलबार आज हेमन्त शर्मा, पूजा पुरी, गोपाल नेपाल जिएम, सरू बोहरा लगायतको प्रस्तुति रहने आयोजकले जनाएको छ ।
यसैबीच दाङ चेम्बर अफ कमर्सको आयोजनामा माघ १० गतेदेखि घोराहीमा शुरू भएको ‘नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवद्र्धन व्यापारिक एवं कृषि औद्योगिक महोत्सव–२०७६’ को चौथो दिनमा दर्शकहरूको आकर्षण बढिरहेको छ ।
तेस्रो दिनको तुलनामा चौंथो दिन सोमबार दर्शकहरूको संख्या निकै बढेको चेम्वर अफ कमर्स दाङका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक श्रीधर महराले जानकारी दिए ।
‘दिनप्रतिदिन महोत्सव प्रति दर्शकहरूको आकर्षण बढिरहेको छ’ उनले भने, ‘आगामी दिनमा थप दर्शकहरूको आकर्षण बढ्ने हामीले अपेक्षा गरेका छौं ।’
महोत्सवमा तेस्रो दिन कलाकारहरू सन्दिप न्यौपाने र रूपा घर्ती मगरले दोहोरी गीत प्रस्तुत गरेका थिए । सोमवार न्यौपाने, घर्तीका साथै सहिमा श्रेष्ठ, विजय पुन, एञ्जल सोमै मगरले प्रस्तुति देखाएका थिए ।
बीच–बीचमा धेरै स्थानीय कलाकारहरूले प्रस्तुति देखाएको अर्का उपाध्यक्ष घनश्याम अधिकारीले जानकारी दिए । मंगलवार राष्ट्रिय लोक तथा दोहारी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा, कला लम्साल, रमेशराज भट्टराई, रूपा घर्ती मगर, विजय पुनका साथमा स्थानीय थुप्रै कलाकारहरूले प्रस्तुति देखाउने छन् ।
महोत्सवमा कृषिका स्टलहरू हेर्नेहरूको संख्या बढिरहेको महासचिव टिकादत्त खनाल ‘सागर’ ले जानकारी दिए । कृषिले राखेको स्टलमा स्थानीय बदिया भाले बिक्रीका लागि राखिएको छ ।
अपेक्षाभन्दा राम्रो ढंगले महोत्सव सञ्चालन भइरहेको कोषाध्यक्ष विकास अग्रवालले जानकारी दिए । उनका अनुसार त्रिसिद्धेश्वरी यातायातले महोत्सवमा आउन चाहनेहरूलाई घोराही उपमहानगरपालिका आसपास क्षेत्रबाट भाडामा १५ प्रतिशत सहुलियतको व्यवस्था गरेको छ ।
महोत्सवले यस क्षेत्रको कृषि, पर्यटन तथा उद्योगको प्रवद्र्धनमा सहयोग पुग्ने चेम्वर अफ कमर्सका सचिव एवं प्रचारप्रसार समिति सचिव कुमारराज श्रेष्ठले जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here