- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरचितुवाको छालासहित दुईजना पक्राउ

चितुवाको छालासहित दुईजना पक्राउ

- Advertisement -spot_img

तुलसीपुर, १४ माघ । दाङमा चितुवाको छालासहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दंगीशरण गाउँपालिका–१ का २४ वर्षिय चेतबहादुर पुन र सोही निवासी २४ वर्षिय सौगात घर्ती रहेका छन् ।
चितुवाको छाला साथमा लिइरहेको भन्ने सूचनाको आधारमा घोराही उपमहानगरपालिका–१४ नयाँ बसपार्कबाट सोमबार बेलुका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट प्लाष्टिकको बोरामा लुकाई राखेको अवस्थामा टाउकोदेखि पुच्छरसम्मको चितुवाको पूरै भाग छाला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here