- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचररिहारमा पशु कार्यालय स्थापना

रिहारमा पशु कार्यालय स्थापना

- Advertisement -spot_img

देउखुरी, १४ माघ । भौगोलिक हिसावले विकट मानिने लमही नगरपालिका वडा नम्बर ९ रिहारमा पशु सेवा उपशाखा कार्यालय स्थापना गरिएको छ । पशुपालन गर्ने किसानलाई पशु उपचार र परामर्शको सहजताका लागि कार्यालय स्थापना गरिएको हो ।
ग्रामीण भेगका किसानलाई पशुको उपचार र परामर्शका लागि कार्यालय स्थापना गरिएको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताए ।
नगरको वडा नम्बर ९ लाई यसअघि नै नगरपालिकाले बाख्राको पकेट क्षेत्र नै घोषणा गरिसकेको छ । रिहारमा स्थापना भएको पशु उपसेवा कार्यालयले पशु बन्ध्याकरण, पशु उपचार सेवा साथै किसानलाई परामर्श सेवासमेत दिइने कार्यालय प्रमुख शिवराज न्यौपानेले बताए ।
लमही नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष मेघनारायण चौधरीले छिमेकी वडामा पशु सेवा उपशाखा कार्यालय स्थापना भएकोमा खुसी व्यक्त गर्दै ८ नम्बर वडाका पशुपालक कृषकहरूले पनि सेवा लिन सक्ने बताए ।
त्यस्तै लमही नगरपालिकाका उपप्रमुख देवका बेल्वासेले रिहारमा स्थापना भएको पशु सेवा केन्द्रको कार्यालयलाई दिगोरूपमा सञ्चालन गर्नका लागि स्थानीय कृषकहरू पनि जागरूक हुनुपर्ने धारणा व्यक्त गरिन् ।
परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानहरूले पछिल्लो समयमा पेशालाई आधुनिकतामा परिवर्तन गर्दै पेशालाई आयस्रोत हुने गरि ब्यवसाय गरेका छन् ।
‘वडामा पशु कार्यालय नहुँदा बाख्राका माउपाठा बिरामी हुन्थे औषधि गर्न लमही जानुपर्ने, कति त लैजादा लैजादै बाटोमा मर्थे, लामो समयदेखि उन्नत जातका बाख्रापालन गर्दै आएका रिहारका किसान मानसिंह ओलीले बताए ।
यस्ता समस्या वडाका धेरै बस्तीमा गाई, भैसी, बंगुर, हाँस, कुखुरापालक किसानलाई अझै पनि छ । अब ति समस्याहरू समाधान हुन्छन् कि भन्ने आशा पलाएको उनले बताए ।
वडा नम्बर ९ का वडा अध्यक्ष भेषबहादुर केसीको अध्यक्षता तथा नगर प्रमुख कुलबहादुर केसीको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन कार्यक्रम भएको हो ।
उद्घाटन कार्यक्रममा गढवा गाउँपालिका पशु सेवा उपशाखा कार्यालयका प्रमुख हेमराज आचार्य, वडा सदस्य खिमबहादुर योगी,
सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरे, नेकपा लमही नगर कमिटीका इञ्चार्ज अमर कँवर, स्थानीय कृषक मानसिंह ओलीलगायतले कार्यालयले सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here