- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसल्यानी खुकुरीको धेरै खोजी

सल्यानी खुकुरीको धेरै खोजी

- Advertisement -spot_img

दाङमा महोत्सव …
तुलसीपुर, १३ माघ । तुलसीपुरमा जारी महोत्सवमा सल्यानी खुकुरीको व्यापार बढ्दै गएको छ । सल्यानको खलंगामा निर्माण गरिएको खुकुरी तुलसीपुर महोत्सवमा माग दैनिकजसो बढ्दै गएको हो । महोत्सवमा अहिलेसम्म करिब दर्जन बढी खुकुरी बिक्री भइसकेका छन् ।
खुकुरी व्यवसायी विष्णु विश्वकर्माले सल्यानी खुकुरीको माग मेलामा बढिरहेको बताए । ‘महोत्सवको शुरू–शुरू भएपनि माग बढ्दै गएको छ’ उनले भने– ‘सल्यानी टलक्क टल्किने खुकुरी ग्राहकले अत्याधिक मन पराउने गरेका छन्,
माग बढेपछि अरू खुकुरीसमेत मगाएको छु ।’ महोत्सवमा शनिबारमा दश हजार बढीको खुकुरी बिक्री गरेको उनले बताए ।
‘सल्यानी खुकुरी भनेपछि ग्राहकको रूचि बढी देखिन्छ, खुकुरी हेरेपछि नकिनेर फर्किने कमै हुन्छन्’ उनले भने– ‘महोत्सवमा आउने दर्शकहरू पूर्खाहरूले चलाउने घरेलु हतियार खुकुरी कहाँ पाउँछ भनेर खोज्दै–खोज्दै आउने गरेका छन् ।’
सल्यानी खुकुरीको चर्चा बिगतका वर्षदेखि नै सुन्दै आएकाले यसपटकको महोत्सवमा सल्यानी खुकुरी किन्नकै लागि घोराहीबाट आएको विषम कार्कीले बताए । ‘सल्यानी खुकुरी निकै राम्रा हुन्छन्,
यस पटकको महोत्सवमा खुकुरी किनेको छु’ उनले भने– ‘खुकुरी प्रयोगका लागि मात्र नभई घरमा सजाउनका लागि पनि किनेको हुँ ।’ महोत्सवमा ३ हजार ५ सयदेखि १० हजार ५ सयसम्मका खुकुरी बिक्रिका लागि राखिएको छ ।
खुकुरी बनाउने पुस्ता कम हुन थालेको र खुकुरी पनि लोप हुने अवस्थामा पुगेका कारण खुकुरीको संरक्षणका लागि सल्यानबाट महोत्सवमा आएको व्यवसायी विश्वकर्माले बताए ।

‘सानैबाट मैले खुकुरी बनाउन थालेको हुँ तर पछिल्लो पूस्ता खासै ध्यान दिएको छैन्’ उनले भने– ‘संरक्षणका लागि नयाँ पुस्ताको ध्यान पुगेन भने हराउने खतरा छ ।’
यसैगरी महोत्सवमा हस्तकलाका सामग्रीहरूको माग पनि अत्यधिक छ । हस्तकलाबाट उत्पादित सामाग्री कोट, टोपी, जुत्ता, झोलालगायतका सामाग्रीको बिक्री हुने क्रम बढ्दै गएको अल्लो व्यवसायी शर्मिला पुनले बताईन् । ‘अल्लोबाट उत्पादित सामाग्रीमध्ये टोपी, झोलालगायतका सामाग्री बढी बिक्री हुने गरेको उनले बताइन् ।
‘अरू पनि बिक्री त हुन्छन्, तर टोपी र झोला अलि बढी माग हुने गरेको छ’ उनले भनिन्– ‘मेला महोत्सवले अल्लोबाट उत्पादित सामाग्रीको प्रवद्र्धन राम्रै हुन्छ । तुलसीपुर महोत्सवमा दैनिक २० देखि ३० हजारसम्मको बिक्री वितरण भइरहेको उनले बताइन् ।
महोत्सवमा कृषिजन्य सामाग्रीको पनि प्रदर्शनीसमेत भएको छ । कृषिजन्य सामाग्री १५ किलोको लौकासहित टमाटर, च्याउ, फूलगोभीलगायतका सामाग्री महोत्सवमा आउने दर्शकका लागि मूख्य आकर्षणको केन्द्र बनेका छन् ।
कृषिमा आकर्षण गरी कृषि उत्पादन बढाउन कृषि सामाग्रीको प्रदर्शनी गरिएको तुलसीपुर उपमहानगरपालिका कृषि शाखा निमित्त प्रमुख कुलराज चौधरीले बताए ।
‘महोत्सवमा कृषकले नै उत्पादन गरेका कृषिजन्य सामाग्री राखेका छौँ, अहिले महोत्सवमा आउने दर्शकका लागि आकर्षण पनि बनेको छ’ उनले भने–
‘महोत्सवमा आउने कृषकलाई विभिन्न किसिमका कृषि उत्पादनसम्बन्धी परामर्शसमेत प्रदान गरिरहेका छौँ, कृषक दाजुभाइ पनि परामर्श लिन इच्छुक देखिनुभएको छ । महोत्सवमा उन्नत जातको बोका, टर्की, भाले पनि प्रदर्शनीमा छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here