Saturday, April 13, 2024
Homeफिचरसापकोटा सभामुख चयन

सापकोटा सभामुख चयन

- Advertisement -spot_img

काठमाडौँ, १३ माघ । प्रतिनिधिसभाको सभामुखमा नेपाल कम्युनिष्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटा निर्विरोध निर्वातिचत भएका छन् । सभामुखमा सापकोटाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले नवनियुक्त सापकोटालाई सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरेका हुन् । सभामुखमा सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र समर्थकमा देव गुरूङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्ण थिए ।
माघ ७ गते सभामुखको उम्मेदवारी दर्ता भएको थियो । सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । विगत चार महिनादेखि प्रतिनिधि सभा सभामुखविहीन भएको थियो । अब संसदले सभामुख पाएको छ ।

को हुन् सापोकटा ?

सिन्धुपाल्चोक जिल्ला चौतारा–६ कुविण्डे टोलमा धनपति र तिलमायाको कोखबाट सापकोटाको २०१४ साल फागुन २४ गते जन्म भएको हो ।
साविकको सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी सापकोटा ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् ।
२०५२ सालबाट भूमिगत भएका उनी माओवादी शान्ति प्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए । सापकोटा दुईपटक मन्त्री भइसकेका नेता हुन् । सूचना तथा सञ्चार र वन मन्त्रालयको जिम्मेवारीसमेत सम्हालिसकेका छन । उनी अहिले नेकपा स्थायी समिति सदस्य हुन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here