- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeफिचरऔद्योगिक ग्राम स्थापनाका लागि अन्तरक्रिया

औद्योगिक ग्राम स्थापनाका लागि अन्तरक्रिया

- Advertisement -spot_img

देउखुरी, १३ पुस । लमही नगरपालिका वडा नम्बर ७ हसनापुरमा स्थापना हुन लागेको औद्योगिक ग्रामका बारेमा आइतबार लमहीमा विभिन्न सरोकारवाला, बुद्धिजीवि, राजनीतिक दल लगायतसँग बृहत छलफल भएको छ ।
छलफल तथा अन्तरक्रियामा सहभागीहरूले विकासका नाममा पिछडिएको देउखुरी क्षेत्रको प्रगतिमा यो ग्राम स्थापनाले फड्को मार्ने विश्वास लिएका छन् ।
औद्योगिक स्थापना गर्नका लागि चाहिने आवश्यक मापदण्ड सहितको कार्यपत्रसमेत प्रस्तुत गरिएको छ । ग्राम स्थापना हुनका लागि कम्तिमा सात बिगाह जमिन चाहिन्छ र उक्त परिमाणमा चाहिने जग्गाको पनि छनौट भैसकेको छ ।
प्रदूषणको जोखिम हुने भएकोले घना मानव बस्तीदेखि एक किलोमिटर टाढा राख्नुपर्ने कार्यपत्रमा रहेको छ । नगरपालिकाले छनौट गरेको स्थान सबैभन्दा उत्तम र पायक पर्ने भएकोले सोही ठाउँ रोजेको लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीले बताए ।
‘अहिले प्राविधिकहरूको टोलीले स्थानको अनुगमन र अध्ययन गरिरहेका छन्, सम्भाव्यता अध्ययन सकिएपछि हामी बजेटको प्रक्रियामा जानेछाँै’ नगर प्रमुख केसीले भने ।
लमही नगरपालिकाको वडा नम्बर ७ स्थित हसनापुरको खाली रहेको जग्गालाई नगरपालिकाले औद्योगिक ग्राम स्थापना गर्नका लागि छनौट गरेको छ ।
अहिले सिद्घार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिले त्यहाँको वस्तुस्थितिका बारेमा स्थलगत अध्ययन गरिरहेको छ । अबको तीन महिनाभित्रै डिपिआर हुने गरी काम गरिरहेको औद्योगिक इञ्जिनियर विश्वराम पराजुलीले बताए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले एक स्थानीयतह एक औद्योगिक ग्राम बनाउने सरकारको कार्ययोजना भएको भन्दै ग्राम स्थापनाले निकै महत्वपूर्ण अर्थ राख्ने बताए ।
‘लमहीको हसनापुरमा ग्राम स्थापना हुनु भनेको समग्र देउखुरीको आर्थिकको पाटो बलियो हुनु हो, समृद्घिसँग जोडिनु हो त्यसकारण सबैले आ–आफ्नो क्षेत्रबाट औद्योगिक ग्राम स्थापनामा सहयोग गर्नुहोला’ प्रमुख नेपालीले भने ।
त्यस्तै कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख ओमबहादुर ओलीले क्षेत्रगत आधारमा औद्योगिक ग्राम स्थापना गर्ने राज्यको नीति रहेको बताउदै कहिँ कसैलाई समस्या सिर्जना नहुने गरेर काम अघि बढाउने जानकारी गराए ।
कार्यक्रममा लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासे, वडा नम्बर ७ का वडा अध्यक्ष मोहन गिरी, देउखुरी उद्योग वाणिज्य संघका उपाध्यक्ष विनोद कुमार पाण्डे, नेपाली काँग्रेसका प्रतिनिधि कर्णबहादुर बुढाथोकी, नेकपा लमही नगर कमिटी सहइञ्चार्ज नारायण डाँगी छम्पाली, पत्रकार दशरथ घिमिरेलगायतले बोलेका थिए ।
लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख ओम बहादुर ओलीको स्वागत तथा विषय प्रवेशबाट शुरू भएको कार्यक्रमको सञ्चालन हरिप्रसाद भण्डारीले गरेका थिए ।
सिद्घार्थ इन्स्टिच्यूट अफ रिसर्च एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिका अध्यक्ष लिलाबहादुर केसीले उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम लमही नगरपालिका र घरेलु तथा साना उद्योग कार्यालय दाङको संयुक्त आयोजनामा भएको हो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here