- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरअवधी पत्रकार संघको अधिवेशन

अवधी पत्रकार संघको अधिवेशन

- Advertisement -spot_img

गढवा, १३ माघ । नेपाल अवधी पत्रकार संघ केन्द्रीय कार्यसमिति बाँकेको आयोजनामा अवधी पत्रकार संघ दाङको अधिवेशन शनिबार गढवामा भएको छ ।
अवधी पत्रकार संघ दाङका कार्यवाहक अध्यक्ष दुखहरण यादवको अध्यक्षता र गढवा गाउँपालिकाको अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अथिति सहजराम यादवले अवधी भाषा, कला संस्कृति संरक्षणमा पत्रकार तथा सञ्चारकर्मीहरूको अहम् भूमिका रहेको बताएका छन् ।
आमसञ्चारको माध्यमबाट यादव तथा अवधी भाषी सामुदायमा लुप्त रहेको कुरिती कुसंस्कार तथा अन्धविश्वासलाई चिर्दै समाजलाई सचेतनातर्फ बढाउनुपर्ने बताए ।
उनले संस्कृति तथा रीतिरिवाजको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिए । उनले अवधी भाषाको संरक्षण गर्न पत्रकारहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
अधिवेशनले दुखहरण यादवको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । जसको उपाध्यक्षमा गीता कुमारी यादव,
सचिवमा सहदेव यादव,कोषाध्यक्षमा राम कुमारी यादव र सहसचिवमा रोशन यादव रहेका छन् । त्यस्तै कार्यसमिति सदस्यमा मञ्जु यादव, देव यादव, ओम प्रकाश गुप्ता, मञ्जु कुमारी यादव, उर्मिला यादव र सुदिप यादव रहेका छन् ।
त्यस्तै अधिवेशनले राधेश्याम गुप्ता, कृष्ण यादव र ऋषि यादवलाई अवधी पत्रकार संघ नेपाल दाङको तर्फबाट केन्द्रीय प्रतिनिधिमा चयन गरेको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै विशिस्ठ अतिथि तथा अवधी पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष राकेश मिश्रले पेशागत हकहितको लागि अगाडि बढनुपर्ने बताए ।
उनले मिडियाको माध्यमबाट अवधी भाषाको संरक्षण गर्नुपर्ने बताए । संघका संस्थापक अध्यक्ष सूर्यलाल यादवले अवधी भाषाको संरक्षणको लागि अवधी भाषामा कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय उपमहासचिव गुरू मुरत यादव, अवधी संस्कृति विकास परिषद्का अध्यक्ष जगतराम यादव, देउखुरी साहित्य मञ्चका अध्यक्ष हरि पोख्रेल, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ५ का पार्षद शिवराज पन्थी, वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष उमाकन्त पन्त,
जनता मावि गढवाका प्रधानाध्यापक रामसुरत यादव, शिक्षक नागेन्द्र यादव लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संघका केन्द्रीय उपाध्यक्ष ऋषि यादवको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन सहदेव यादवले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here