- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरकमैयाको समस्या र समाधानको छलफल

कमैयाको समस्या र समाधानको छलफल

- Advertisement -spot_img

घोराही, १३ माघ । अखिल नेपाल जनजाती सम्मेलनले कञ्चनपुरेखि दाङसम्म मुक्त कमैयाको समस्या र समाधानको बारेमा छलफल गरेको छ ।
सम्मेलनले १६ बँुदे मागहरु राखेर त्यसै विषयमा छलफल गरेको थियो । सम्मेलनले कमैया मुक्तको घोषणा गरेको १९ वर्ष पूरा भइसक्दा पनि पुनस्र्थापना कार्य अझै पूरा नभएकाले अविलम्व मुक्त कमैयाको उचित प्रकारको पुनस्र्थापना गर्नुपर्ने माग गरेको थियो ।
अखिल नेपाल जनजाती सम्मेलनका जिल्ला अध्यक्ष रामबहादुर जिएमको अध्यक्षतामा एवं अखिल नेपाल जनजाती सम्मेलन केन्द्रीय अध्यक्ष निमबहादुर बुढाथोकीको प्रमुख आतिथ्यमा छलफल भएको थियो ।
छलफलमा सम्मेलनका महासचिव रामबहादुर बुढा, राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष गणेश आचार्य, नेपाली काँग्र्रेस जिल्ला उपसभापति कमानसिंह भारती, मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरी,
अखिल नेपाल किसान महासंघका जिल्ला अध्यक्ष मिनु सुवेदी, मुक्त कमैया समाजका केन्द्रीय सदस्य सुन्तली चौधरी, भूमी अधिकार मञ्चको अध्यक्ष देउमन दमाई, थारु कल्याणकारी सभाका जिल्ला प्रतिनिधि शालिकराम चौधरी, मुक्त कमैया महिला उत्थान विकास केन्द्रकी सदस्य सबिता चौधरीलगायतले बोलेका थिए ।
जिल्ला उपाध्यक्ष रमेशमान गुरुङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव दलबहादुर घर्तीले गरेका थिए । कार्यक्रम सञ्चालन गर्नुपूर्व सम्मेलनले जिल्ला प्रशासनमा ज्ञापनपत्र समेत बुझाएको थियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here