- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरसामुदायिक रेडियोको संयोजकमा वैद्य

सामुदायिक रेडियोको संयोजकमा वैद्य

- Advertisement -spot_img

घोराही, १३ माघ । दाङमा रहेका सामुदायिक रेडियो सञ्चालकहरूको भेला शनिबार घोराहीमा भएको छ । सामुदायिक रेडियो प्रसारक संघको निर्देशन अनुसार जिल्लाका सामुदायिक रेडियो सञ्चालकहरूको भेला घोराहीमा भएको हो ।
भेलाले रेडियो मध्यपश्चिम सञ्चालक समितिका अध्यक्ष मधुसुदन वैद्य संयोजक रहेको सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति गठन गरेको छ । सदस्यहरूमा रेडियो स्वर्गद्वारीका दधीराम सुवेदी, हाम्रो पहुँचका शुक्रराज भण्डारी, रेडियो प्रकृतिका संगीत बस्याल, रेडियो सञ्जिवनीका चेतन रेग्मी, रेडियो तुलसीपुरका तेजबहादुर परियारलाई चयन गरिएको छ ।
यस्तै पाठशालाका गोपालप्रसाद उपाध्याय, रेडियो हापुरेका बालकृष्ण पाण्डे, रेडियो देउखुरीका गोविन्द रेग्मी, साझा आवाजका दुखहरण यादव, नयाँ युगका किशोर रेग्मी र रेडियो झरनाका रोशनमान श्रेष्ठलाई पनि सदस्यमा चयन गरिएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ प्रदेश नम्बर ५ का अध्यक्ष केपी घिमिरेको अध्यक्षतामा भेला भएको थियो । भेलाले आगामी दिनमा सामुदायिक रेडियोबीच आपसी समझदारी, सहकार्य र एकता गर्ने निर्णय गरेको छ भने स्थानीय, प्रदेश र संघीय सरकारलाई आवश्यक सहयोगका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here