- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरअन्तरपार्टी महिला सञ्जाल गठन

अन्तरपार्टी महिला सञ्जाल गठन

- Advertisement -spot_img

देउखुरी, १३ माघ । लमही नगरपालिकास्तरीय अन्तरपार्टी महिला सञ्जाल गठन भएको छ । लमही नगरपालिकास्तरीय विभिन्न राजनीतिक दलमा आवद्ध महिलाहरुको भेलाले सीता चौधरीको अध्यक्षतामा १३ सदस्यीय अन्तरपार्टी महिला सञ्जाल गठन गरेको हो ।
सञ्जालको सचिवमा नेपाली काँग्रेसका कमला चुडाली रहेका छन् भने कोषाध्यक्ष विष्णु डिसी रहेकी छन् । सञ्जालका सदस्यहरुमा राधा चौधरी, पुनम गिरी, विष्णु शर्मा, जया रावल, प्रेमा चौधरी, सुरज चौधरी, रञ्जना चौधरी, लोका बस्नेत, गीता यादव र गीता खड्कालाई चयन गरिएको छ ।
अन्तरपार्टी महिला सञ्जाल दाङका अध्यक्ष सुशीला पौडेलेको अध्यक्षता तथा लमही नगरपालिकाका उपप्रमुख देवका बेलवासेको प्रमुख आतिथ्यतामा भेला भएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरुले अन्तरपार्टी महिला सञ्जालले महिलाका साझा विषयमा समन्वय र सहकार्य गरी अघि बढ्न मद्दत पुग्ने बताएका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here