- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeखेलकुदवडा अध्यक्ष कप सम्पन्न

वडा अध्यक्ष कप सम्पन्न

- Advertisement -spot_img

शान्तिनगर, १३ माघ । शान्तिनगर गाउँपालिका वडा नम्बर७ को आयोजनामा दोस्रो वडा अध्यक्ष कप एवं माघी विशेष कार्यक्रम शनिबार मावि तुलसीपुर–७ मा सम्पन्न भएको छ ।
७ नम्बर वडा अध्यक्ष पिमलाल वलीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीको प्रमुख आतिथ्यता एवं प्रमुख प्रशासकीय अधिकृत नर बहादुर विश्वकर्माको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न प्रतियोगितात्मक खेलहरू भएका थिए ।
दुई दिनसम्म सञ्चालित कार्यक्रममा वडास्तरका विभिन्न समूहले भाग लिएका थिए । कार्यक्रममा थारू नृत्य प्रतियोगितामा सगरमाथा समूह प्रथम, बुक्कीफुला समूह द्वितीय, चमेली समूह तृतीय र हरियाली समूहले सान्त्वना स्थान हासिल गरेका थिए ।
कार्यक्रममा फुटबलमा ८ र भलिबलमा ६ टिमले सहभागिता जनाएका थिए । विजयी प्रतियोगीलाई प्रमुख अतिथि कमानसिंह डाँगीले पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सहजीकरण प्रेस संयोजक निराश पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here