- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरराज्य गम्भीर नभएको गुनासो

राज्य गम्भीर नभएको गुनासो

- Advertisement -spot_img

तुलसीपुर, १३ माघ । अपाङ्गता भएका व्यक्तिको अधिकारका लागि राज्य गम्भीर नभएको एक कार्यक्रममा बोल्ने वक्ताहरूले बताएका छन् ।
अपाङ्ग सशक्तिकरण केन्द्रको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–११ उरहरीका बौद्धिक अपाङ्गता भएका २२ जना विद्यार्थीलाई स्विटर वितरण कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूको लागि राज्यले आफ्नो दायित्व पूरा गर्न नसकेको गुनासो गरेका थिए ।
केन्द्रका अध्यक्ष रजनी शाहीको अध्यक्षता एवं तुलसीपुर अपाङ्ग नगर सञ्जालका महासचिव देवा डाँगीको प्रमुख आतिथ्यमा स्विटर वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि डाँगीले अपाङ्गता भएका व्यक्तिलाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै समान व्यवहार गर्न आग्रह गरे । अवसर पाए अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्ग सरह काम गर्न सक्ने भएकाले अवसर दिन सबैमा आग्रह गरे ।
कार्यक्रममा अपाङ्ग महासंघ ५ प्रदेशका सल्लाहकार प्रतिमा शर्मा, अपाङ्ग सेवा संघका अध्यक्ष देवा शर्मा, अपाङ्ग समाज सुधारका अध्यक्ष हुमकान्त बस्याल, केन्द्रका संरक्षक गेहेन्द्र हमाललगायतले सबै एकजुट भएर अपाङ्गको अधिकारका लागि अगाडि बढ्नुपर्ने बताएका थिए ।
अपाङ्ग सशक्तिकरण केन्द्रले स्थापनाको छोटो समयमै अपाङ्गता सम्बन्धी उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरेका थिए । केन्द्रका उपाध्यक्ष गुरूप्रसाद शर्माको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण सचिव टिकाराम दरेलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here