- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeमुख्य खबरगुणस्तरिय शिक्षामा केन्द्रित छौंः डाँगी

गुणस्तरिय शिक्षामा केन्द्रित छौंः डाँगी

- Advertisement -spot_img

तुलसीपुर, १३ माघ । नेसनल प्याब्सनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश संयोजक सुवोध कुमार डाँगीले नेसनल प्याब्सन आवद्ध विद्यालयहरू गुणस्तरिय शिक्षामा प्रतिवद्ध रहेको बताएका छन् ।
उनले विद्यालयहरू विद्यार्थीहरूलाई कसरी सक्षम बनाउनेमा केन्द्रित भएको भन्दै त्यही अन्तर्गत बर्षेनी वर्ष उत्कृट विद्यार्थी छनोट गर्ने गरेको बताए । नेसनल प्याब्सन दाङको आयोजनामा हुन लागेको वर्ष विद्यार्थी २०७६ को छनोट प्रक्रियामा उद्घाटन कार्यक्रमा उनले यस्तो बताएका हुन् ।
दाङ जिल्ला अध्यक्ष भीमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य प्रकाश शर्मा, वर्ष विद्यार्थी छनोट कार्यक्रमका प्रायोजक एभरेष्ट ब्रिज होमका निर्देशक नारायण भट्टराई, प्रदेश टुडेका सम्पादक गोपाल शर्मा भट्टराई, नेशनल प्याब्सनका बरिष्ठ उपाध्यक्ष विमल गौतमलगायतले बोलेका थिए ।
कार्यक्रमको बारेमा कार्यक्रम संयोजक भोजराज न्यौपानेले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव ठाकुर प्रसाद डाँगीले गरेका थिए ।
बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेसनल प्याब्सन वर्ष विद्यार्थी यो वर्ष तुलसीपुरस्थित राप्ती बाल एकेडमीमा आइतबार परीक्षा गराइएको छ । विद्यार्थीहरूको दक्षता र क्षमताको जाँचको रूपमा लिइएको छ ।
विद्यार्थीले एक घण्टाको विज्ञान तथा प्रविधि, गणित, सामाजिक, भाषा, समसामयिक विषय एवं बौद्धिक प्रश्नहरूको विद्यार्थीले परीक्षा दिएका छन् ।
प्रतियोगिता नेसनल प्याब्सनको आयोजनामा एभरेष्ट ब्रिज होमको प्रायोजन र प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पाट्नरमा सञ्चालन भएको हो । यसपटक ५० जना छात्रछात्राहरू सहभागी भएका छन् ।
उत्कृष्ट विद्यार्थी माघ २८ गते घोषणा गरिने छ । उत्कृष्ट हुने १० जनालाई एभरेष्ट एकाडेमीले बृजकोर्ष तयारी कक्षामा छात्रवृत्ति दिनेछ भने नेसनल प्याब्सन, दाङले नगदसहित पुरस्कार एवं विद्यालयलाई सम्मान गर्नेछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here