- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeसम्पादकीयभाषा जोगाउन चुनौती

भाषा जोगाउन चुनौती

- Advertisement -spot_img

भाषा संरक्षण र जननीकर्ताहरू थोरै मात्र हुन्छन् । त्यहि थोरै मात्रको पुस्तारन्तर र सिकाइले पछिल्ला पुस्ताहरूसम्म भाषाको विकास हुने हो । तर धेरै भाषाहरू त्यहि नै टुङ्गिन्छन् ।
नेपालमा रहेको मुख्य भाषाको त पुस्तारन्तर भए सँगसँगै संरक्षण र विकास पनि भइरहेको छ । तर लोपोन्मुख जाति र तिनका भाषाहरू पुस्तान्तरणसम्म आउन भने समस्या नै रहेको छ ।
भाषाको बारेमा जेष्ठ नागरिकसम्म भए पनि नाति पुस्तासम्म त्यो आउन नसक्दा लोपोन्मुख भाषा नै बचाउन गाह्रो भएको प्रष्ट नै छ । कुसुण्डा भाषाको पनि अब त्यही समस्या होला भन्ने देखिएको छ ।
भाषाका जानकार र अहिलेसम्म कुसुण्डा भाषा संरक्षण गरिरहेका व्यक्तिको निधन भएसँगै संरक्षणको समस्या टड्कारो अवस्थामा देखिएको छ ।
नेपालमै कुसुण्डा भाषा बोल्ने र त्यो भाषासँग जानकार भाषा संरक्षक ८५ वर्षिया ज्ञानीमैया कुसुण्डाको शनिवार निधन भएसँगै लोपोन्मुख कुसुण्डा भाषाको संरक्षण र विकासमा समेत समस्या देखिने छ । उनको भाषासम्बधीको ज्ञानलाई बचाउन सरोकारवालाहरू ध्यान दिनु आवश्यक छ ।
भाषाको आफ्नै महत्व छ । भेषभूषा, भाषा, संस्कृति, रहनसहन आफ्नै पहिचानमा रहन्छन् । जाति, धर्म अनुसारको भाषा, संस्कृतिले फरक महत्व राख्दछ । जेष्ठ नागरिकहरू यसका धरोहर हुन् । त्यसमा पनि भाषाका ज्ञाता र संरक्षक त झनै इतिहास हुन् । जसका कारणले अहिलेसम्म भाषा बचिरहेको छ ।
उनी पछिको अवस्थामा पनि भाषा बचाउनु अझ महत्वपूर्ण हुन्छ । ८५ वर्षिया ज्ञानीमैया कुसुण्डा पनि यस्तै धरोहर हुन कुसुण्डा भाषाका लागि ।
दम र उच्च रक्तचापले गर्दा आधा महिला थला परेकी उनको शनिबार निधन भयो । यो कुसुण्डा र भाषासँग जोडिएका सरोकारवालाहरूका लागि ठूलो क्षति हो । जन्म र मरण सत्य हो ।
तर मरणपूर्व उनीसँग भएका विशेषताहरूलाई पुस्ताले अंगाल्ने र लिने अवस्था आउन सकेको भए त्यसको संरक्षण हुन्छ । त्यो व्यक्तिसँग मरणपछि सँगै सिकाइ जाने भन्दा पनि बचाई राख्ने संस्कारको विकास वातावरण भएमा मात्रै लोपोन्मुख भाषा संरक्षण पनि सिकाइ रहने अवस्था आउनुपर्छ । अहिले जीवित रहेका केहीबाट भाषा पुस्तान्तरण गरिनुपर्छ ।
सबैको एउटा सपना हुन्छ । ज्ञानीमैयाको पनि एउटा सपना सार्वजनिक भएको थियो त्यो हो भाषा हस्तारन्तरण गर्दै जाने । त्यसमा उनी केही सफल भएर भाषाका कक्षाहरू सञ्चालनको सुरूवात गरे पनि पूर्णरूपमा भाषा पुस्तान्तरण हुन सकेन । यो नहुँदै ज्ञानी मैयाको निधन भयो । यसले भाषा क्षेत्रमा ठूलै क्षति पुगेको छ ।
कुसुण्डा भाषामा दोहोरो कुरा गर्ने अहिले कोही छैन । अब यसको संरक्षणमा सरोकारवालाहरू क्रियाशील भएमा भाषाको संरक्षण मात्रै हैन दोहोरो भाषा बोल्ले व्यक्तिको समेत उत्पादन हुने थियो । नेपालमा भएका १५४ जना कुसुण्डालाई भाषा सिकाउनतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here