Friday, March 29, 2024
Homeफिचरतुलसीपुर महोत्सवमा राजेश

तुलसीपुर महोत्सवमा राजेश

- Advertisement -spot_img

तुलसीपुर, १२ माघ । तुलसीपुर महोत्सवमा शनिबार नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालको प्रस्तुतिले दर्शकहरु रमाए । हमालले ‘रातो टिका निधारमा टलक्क टल्कियो’ बोलको गीतको नृत्य प्रस्तुत गर्दा दर्शकहरु पनि छमछमी नाचेका थिए ।
कालो कपाल, जिन्स पाइन्ट र सर्टमा उपस्थित भएका नेपाली सिनेक्षेत्रका महानायक राजेश हमालले आफू बुढो नभएको अभिव्यक्ति दिए । ठट्टाकै शैलीमा हमालले आफू कलाकारिता क्षेत्रमा बूढो नहुने अभिव्यक्ति दिए ।
शनिबार हमालसहित सिर्जु अधिकारी, कमल गाउँले, कृष्ण रेउले लगायतका कलाकारले भरपुर मनोरञ्जन प्रदान गरेका थिए । शनिबार हाँस्य कलाकार कमल गाउँलेले पनि दर्शकलाई हसाए ।
महोत्सवले दैनिकजसो दर्शक तान्दै गएको छ । भरिभराउ स्टल र भरिभराउ दर्शकले तुलसीपुर महोत्सवको सफलता हो । च्याउका स्टल, वयर बोकाका स्टल, निःशुल्क स्वास्थ्य शिविर र पुरन्धाराको छहरासम्मको साइकल यात्राले पनि महोत्सवलाई नेपाल भ्रमण वर्षसँग जोडेको छ ।
‘महोत्सव सफल हुने देखिइसकेको छ, महोत्सव मूल आयोजक समितिका संयोजक वीरबहादुर रावतले भने– ‘तुलसीपुर महोत्सव नेपाल भ्रमण वर्षसँग जोडिएको छ,
यसका लागि पर्यटन प्रवद्र्धनलाई नै महोत्सवले मुख्य ध्यान केन्द्रित गरेको छ ।’ महोत्सवमा आइतबार तुलसीपुरमा पुस्कल शर्मा, टिका सानु, रीता केसी, रेश्मी तामाङ कमल गाउँले, देवेन्द्र बस्नेत, शिव पुनलगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here