- Advertisement -spot_img
Friday, June 18, 2021
Homeफिचरपर्यटनको इतिहासमा नेपाल

पर्यटनको इतिहासमा नेपाल

- Advertisement -spot_img

नेपालको भूमीमा टेक्ने पहिला पर्यटक मञ्जुश्रीलाई मानिएको छ भने नेपालबाट बाहिर जाने पहिलो पर्यटक भृकुटीलाई मानिएको छ । मञ्जुश्री नेपाल प्रवेश गरेर काठमाडाँै उपत्यकाको जलाशयलाई चोभारमा गल्छी बनाएर निकास दिएर उपत्यकामा मानवबस्तीको विकास गरेका थिए ।
स्रोङचनगम्पो सन् ६१७ देखि ६९८ सम्म तिब्बती सम्राट थिए । यिनैले लिच्छवी शासक अंशुवर्माको छोरी भृकुटीसँग विवाह गरी नेपालसँग सम्बन्ध गाँसिएको थियो । वैवाहिक सम्बन्धबाट तिब्बत गएपनि भृकुटीलाई नेपालबाट विदेशमा पुग्ने पलिो पर्यटक मानिन्छ ।
सन् १९५० मा फ्रेञ्च नागरिक मरिस हर्जोग र लुइस लाकनलले अन्नपूर्ण हिमाल आरोहण गरेपछि नेपालमा पर्यटनको ढोका खुलेको मान्यता छ । पहिलोपटक आठ हजार मिटरमा मानव पाइला परेको त्यो सफलता संसारभरि चर्चाको विषय भयो ।
नेपाल संसारभरि हिमालको मुलुक भनेर चिनियो । हुन पनि आठ हजार मिटरभन्दा अग्ला १३ हिमाल त नेपालमै थिए । सन् १९५३ मा तेन्जिङ नोर्गे र एडमण्ड हिलारीले सर्वोच्च शिखर सगरमाथा चुमे । रोयल होटेल खोलेर नेपालमै बस्न थालेका बोरिस लिसानोभिचले सन् १९५७ र ५८ मा पर्यटकलाई घुम्ने प्याकेज बेच्न थालिसकेका थिए ।
त्यहीबेला जिम कोपम्यानले हन्टिङ कम्पनी र टाइगर टप्स रिसोर्टले वन्यजन्तुका सौखिन पर्यटकलाई आकर्षित गर्न थाल्यो । यसैका कारण विश्वमा चर्चित अफ्रिका वन्यजन्तु पर्यटनको पायोनियर नेपालले तान्न सफल भयो ।
योसँगै नेपालमा पर्यटकीय गन्तव्यको समेत चर्चा भइरहेको थियो । अन्नपूर्ण पदयात्रा विश्वमा चर्चित थियो । नेपालको जंगल पर्यटन, बन्यजन्तु पर्यटन, ¥याफटिङ पर्यटनदेखि हिमाल आरोहण गर्ने र ट्रेकिङ पर्यटनले विस्तारै गति लिन थाल्यो । टाइगर टप्सले नेपाल जंगल सफारीका लागि उचित गन्तव्य हो भनेर ब्राण्डिङ ग¥यो ।
‘पर्यटन बोल्नेको पीठो बिक्छ, नबोल्नेको चामल पनि बिक्दैन’ भन्ने उखानसँग मिल्ने व्यवसाय हो । अफ्रिका त के भारतकै तुलनामा पनि नेपालका जंगलमा वन्यजन्तु नगन्य हो । तर, यसलाई एकसिंगे गैंडा र पाटे बाघ देखिने ठाउँका रूपमा प्रचार गरियो । अफ्रिकामा जंगल निस्केपछि हुलका हुल वन्यजन्तु पाइने, यहाँ त्यस्तो हुन्थेन ।
निस्किने बित्तिकै वन्यजन्तु देखिनुको के मज्जा, देख्छु कि देखिन्न भन्ने कौतुहलता हुँदा पो मज्जा भनेर प्रचार गरियो । यसका कारण विश्वमा नेपाललाई हिमालयको देशसँग विश्वमा लोप हुन लागेको वन्यजन्तु एकै पटकमा हेर्न पाइने भनेर चिनिएको थियो ।
त्यसबेला युरोप र अमेरिकाबाट आउने पर्यटक भारतको नयाँ दिल्लीसम्म हवाई जहाज हुँदै नेपालमा बसमा आउँथे । पर्यटकीय गन्तव्य भरिपूर्ण देश नेपाल भनेर सीएनएन, बीबीसीलगायतका चर्चित सञ्चारमाध्यमले पनि प्रचार सुरू गर्न थालिसकेका थिए ।

पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको विविधीकरण एवं विस्तार भएमा यसले आम मानिसको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनेछ । अन्तर्राष्ट्रिय हवाई यातायात सेवालगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नु आवश्यक छ । पर्यटन व्यवसायीले आचारसंहिताको पालना गरी पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित एवं प्रभावकारी बनाउनुपर्छ ।


जब नेपाल वायुसेवा निगममा स्थापना भएपछि पर्यटन विकासले गति लिन थालेको हो । नेपालको एकमात्रै त्रिभुवन विमानस्थलमा विश्वका विभिन्न एयरलायन्स कम्पनीले पनि उडान सुरू गरैसँगै नेपालको पर्यटन विस्तारै उकालो लाग्न थालेको थियो ।
संसारमा फ्रान्सपछि बढी पर्यटक जाने अर्को देश अमेरिका हो । अमेरिकाले सन् १८५० मा योेसेमिट राष्ट्रिय निकुञ्जको स्थापना गरेको थियो । वन्यजन्तु र झरनाहरूको कारणले यो १८औं शताब्दीमा विश्वचर्चित भयो ।
आज वार्षिक ३७ लाख पर्यटकले यो राष्ट्रिय निकुञ्जको भ्रमण गर्छन् । सन् १८६० मा अमेरिकाले अमेरिकाका प्रमुख शहरहरू जोड्ने अत्याधुनिक रेलमार्गको विकास ग¥यो । त्यसपछि मानिसहरू त्यसबेला रेलमार्ग हुँदै सो राष्ट्रिय निकुञ्जको भ्रमण गर्न लालायित भए । यसपछि अमेरिकाले बुझ्यो भौतिक विकासबाट पर्यटकीय गन्तव्यहरूको सहज पहुँच बनाउनु नै पर्यटन विकास हो ।
सन् १९६० को दशकमा युरोपेली देशहरूमा लागूपदार्थ ओसारपोसार र सेवनविरूद्धको कानूनहरू ल्याउने लहरै चल्यो तर नेपालमा भने यो कानून सन् १९७३ मा मात्र आयो ।
यसबीच युद्धविरूद्ध मत जाहेर गर्ने युरोपेली युवाहरू युरोपका तर्की, मध्यपूर्वका रसिया र इरान हुँदै नेपालको काठमाडौँ र भारतको गोवाजस्ता क्षेत्रहरूमा स्वतन्त्रपूर्वक गाँजा खान आउँथे ।
युरोपतिर यस मार्गलाई त्यसबेला हिप्पी टूेल÷गाँजाको मार्ग भनेर समेत चिनिन्थ्यो । त्यसबेला नेपाल गाँजा खान स्वतन्त्र देशको रूपमा पनि चिनियो, हाल नेपाल पर्वतारोहणको केन्द्र भनेर नै चिनिन्छ ।
नेपाल भित्रिनी पर्यटकलाई आवश्यक पर्ने सेवा, सुविधा र सुरक्षाका लागि राम्रो व्यवस्था हुन नसक्दा पर्यटकको संख्यामा कमी देखिएको छ । जसले गर्दा पर्यटन व्यवसायीहरूको व्यवसायसमेत धरापमा पर्ने गरेको छ ।
प्राकृतिक विपद्बाट हुने जोखिम रोक्न सरकारले पूर्वसुरक्षा अपनाउन नसक्दा पर्यटनहरूमा नकारात्मक प्रभाव पर्ने गर्दछ । त्यस्तै निजी व्यवसायीहरूबाट पर्यटक ठगिनु, विभिन्न व्यक्तिहरूबाट पर्यटकहरू लुटिनुले गर्दा पनि नेपालको पर्यटन क्षेत्र खस्कदै गएको छ । यस्ता समस्यालाई सरकारले कडाइ गर्नसकेमा मात्र पर्यटक संख्यामा बृद्धि हुनसक्छ ।
नेपालमा पर्यटनको विकासका लागि सरकार र निजी व्यवसायहरूको सहकार्य आवश्यक छ । निजी क्षेत्रले पर्यटन विकासका लागि गरेका प्रयासलाई सरकारले स्वागत गर्न सक्ने हो भने पनि नेपालको पर्यटन विकासमा सुधार आउन सक्छ । नेपालको पर्यटन विकास र देशको अर्थतन्त्रमा सुधार आउन सक्छ ?
यस विषयमा सबै निकाय गम्भीर हुन जरूरी छ । ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेका पर्यटकीय सम्भावनाका क्षेत्रलाई लगानीको आवश्यकता रहेको छ ।

नेपालका पर्यटकीय सम्भावना बोकेका क्षेत्रमा सरकारले लगानी बढाउन नसक्नु र पर्यटकको सेवा सुविधा पु¥याउन नसक्दा पर्यटकीय विकास ओझेलमा परेको छ ।
सरकारले त्यस्ता क्षेत्रमा लगानी गरेर त्यहाँको भौतिक पूर्वाधार निर्माण गर्न आवश्यक छ । सरकारले पर्यटन विकासमा लगानी नै गर्न सकेको छैन भन्दा पनि फरक नपर्ला ? किनकी हरेर वर्षमा नेपाली पर्यटकको संख्यालाई नियाल्ने हो भनेपनि खासै प्रगति हुन सकेको छैन ।
पर्यटक भन्नाले देशभित्र वा बाहिरबाट आउने मानिसहरूलाई नै बुझ्नु पर्दछ । तर त्यससित जोडिएको अर्को आन्तरिक पक्ष पनि छ । त्यो हो ग्रामीण विकास । ग्रामीण पर्यटन र ग्रामीण विकासको आपसमा घनिष्ट सम्बन्ध छ ।
एकातिर, ग्रामीण विकास नभईकन ग्रामीण पर्यटनको विकास हुन सक्दैन । अर्कोतिर, पर्यटनले ग्रामीण विकासमा मद्दत पु¥याउँछ । त्यसरी पर्यटनसित जोडिएपछि गाउँहरूको विकासको सम्भावना बढेर जान्छ ।
त्यसको अर्थ यो पनि हुन्छ, नेपालमा ग्रामीण पर्यटनको विकास हुनु भनेको गाउँहरूको पनि विकास हुनु हो । त्यो अवस्थामा नेपालको केही प्रमुख शहरहरूमा केन्द्रित रहेको विकास गाउँहरूमा विस्तार हुनेछ ।
नेपालमा पाँच हजारभन्दा बढी तालतलैया, दह, कुण्ड, पोखरी र सिमसार क्षेत्र भेटिएका छन् । साना ठूला गरेर नदी, खोलानालाको संख्या पनि छ हजारभन्दा बढी छन् । देशभरि गरेको अध्ययनका क्रममा पाँच हजार ३ सय ५८ वटा ताल भेटिएका छन् । संरक्षणमा बढी चुनौतीमा रहेका र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण मानिएका अधिकांश ताल उच्च हिमाली र पहाडी क्षेत्रमा रहेका छन् ।
सबैभन्दा बढी तालतलैया रहेका जिल्लामा हुम्ला, ताप्लेजुङ, कपिलवस्तु, सोलुखुम्बु, रूपन्देही, बाँके, धनुषा र डोल्पा हुन् । अधिकांश ताल राष्ट्रिय वन, निकुञ्ज तथा वन्यजन्तु आरक्ष, सामुदायिक वन क्षेत्रभित्र रहेका छन् ।
ताल क्षेत्रलाई सिमसार क्षेत्रका रूपमा पनि चिन्ने गरिन्छ । नेपालका तालतलैयालाई एसियाका ‘वाटर टावर’ पनि भन्ने गरिन्छ । कतिपय हिमनदीका मुल तालबाट फुटेका छन् भने कतिपय हिमालबाट हिमताल बनेका छन् । तुलनात्मक रूपमा विश्वका अन्य महादेशमा पाइनेभन्दा नेपालका तालतलैया स्वच्छ पानीका मानिन्छन् ।
व्यापार, मनोरञ्जन वा रमाइलोका लागि गरिने यात्रालाई पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनको परिभाषाअनुसार पर्यटकले आफ्नो सामान्य परिवृत्ति बाहिर, चौबीस घण्टाभन्दा बढी समय, मनोरञ्जन, व्यापार र त्यस ठाउँमा आयश्रोत हुने क्रियाकलापबाहेक अरू उद्देश्यका लागि यात्रा गर्नेलाई नै पर्यटक भनिन्छ ।
नेपालको तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले मुलुकको आर्थिक विकासको प्रमुख आधार पर्यटन क्षेत्र हो । पर्यटनले विदेशी मुद्रा आर्जन, रोजगारी सिर्जना, आर्थिक क्रियाकलाप अभिवृद्धि र समग्रमा आर्थिक विकास र समुन्नतिमा टेवा पु¥याउँदै आएको छ ।
नेपालमा विदेशी पर्यटकहरूको आवागमन शुरूवातसँगै पर्यटन क्षेत्रका कार्यक्रमहरूलाई व्यवस्थित ढंगले अगाडि बढाउन सर्व प्रथम वि.सं. २०१६ सालमा पर्यटन बोर्डको स्थापना भएको थियो ।
यसरी विकास हुँदै आएको पर्यटनमा निजी क्षेत्रको पूर्ण सहयोग छ । पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न नेपालमा सन् १९९८ सम्म कुनै बलियो निकाय थिएन ।
नेपाल पर्यटन विभागले नै आफ्नो वार्षिक कार्यक्रमका लागि विनियोजन भएको रकमको केही अंश पर्यटन प्रवद्र्धनमा खर्च गर्दथ्यो । अहिले सन् २०२० भित्र तारे होटेलका मात्रै चार हजारभन्दा बढी कोठा थपिँदैछन् । यी कोठा भरिभराउ हुन पनि मासिक दुई लाखभन्दा बढी पर्यटक आवश्यक पर्छ ।
अहिले सञ्चालनमा रहेका होटेलमा सिजनमा ७० प्रतिशत र अन्य समयमा ५० प्रतिशत पनि पर्यटक भरिभराउन छैनन् । होटेलको अकुपेन्सीमा पनि ७० प्रतिशत आन्तरिक पर्यटकको हिस्सा छ ।
पर्यटन उद्योग नै नेपालमा डलर ल्याउन सक्ने एउटा मात्रै क्षेत्र भएको ठहर गर्दै सरकारले निजी क्षेत्र साझेदारीमा सन् २००७ देखि सुरू गरेको कार्यक्रम प्रभावकारी हुँदै छ ।
नेपालमा पर्यटकलाई आकर्षण गर्न र पर्यटकको संख्या उल्लेखनीय रूपमा भित्र्याउनका लागि सन् १९९८ मा नेपाल भ्रमण वर्ष, सन् २००२ र २००३ मा गन्तव्य नेपाल, सन् २००७ मा पोखरा भ्रमण वर्ष, सन् २०११ मा नेपाल पर्यटन वर्ष, सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष आयोजना भएको थियो ।
त्यसैगरी कर्णाली प्रदेशले सन् २०१८ लाई रारा–कर्णाली भ्रमण वर्ष र प्रदेश नम्बर ५ सरकारले अहिले लुम्बिनी भ्रमण वर्ष २०७६ सञ्चालन गरिरहेको छ ।
यही सन्दर्भमा सरकारले घोषणा गरेको भिजिट २०२० अर्को एउटा महत्वपूर्ण कार्यक्रमको रूपमा अगाडि आएको छ । भ्रमण वर्ष अभियानले आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवद्र्धन गर्ने भएकोले यस्ता अभियानलाई नियमित र प्रभावकारी बनाउन आवश्यक छ ।
पर्यटन विकासको माध्यमद्वारा आर्थिक समृद्धिको अपार सम्भावना रहेको र पर्यटन क्षेत्र आफैमा प्रतिस्पर्धी उद्योग भएकोले यसको विकास एवं विस्तार गर्नका लागि गुणस्तरीय सेवा र सन्तुष्टीको खाँचो पर्छ ।
पर्यटन क्षेत्रको सफलताको मुख्य आधार अन्तर्राष्ट्रियस्तरमा राम्रो छवि, सुदृढ पूर्वाधारको व्यवस्था, प्रवद्र्धन तथा बजारीकरण हो ।
प्रदुषणमुक्त शहर, स्वास्थ्य सुविधा, स्वतन्त्रतापूर्वक घुमफिर गर्ने वातावरणको प्रत्याभूतिसहितको सुरक्षा व्यवस्था, गन्तव्यसम्म पुग्ने सहज र सुरक्षित हवाईसेवा एवं सडक यातायातको उचित व्यवस्थापन,
गुणस्तरीय होटलको व्यवस्था, राम्रो आतिथ्य सत्कार सेवा, अनुपम प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरूको संरक्षण एवं व्यवस्थापन आदि जस्ता कार्यमा ध्यान पुग्न सकेमा पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउन सकिनेछ ।
नेपाललाई अन्तर्राष्ट्रियस्तरमा पर्यटनको लागि एउटा प्रमुख गन्तव्य स्थलको रूपमा स्थापित गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउन राज्यले विविध आकर्षक कार्यक्रमको अतिरिक्त नेपाल भ्रमण वर्ष अभियान कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।
यो वर्ष घोषणा भएको भिजिट २०२० लार्ई मौसम अनुकूल बनाउन बेमौसममा नेपाल आउन चाहने पर्यटक र पर्यटक ओसार पसार गर्ने वायुसेवालाई विशेष सुविधा एवं प्रोत्साहन गर्न जरूरी छ ।
आन्तरिक पर्यटकलाई आकर्षित गर्न निजी क्षेत्रको समन्वयमा पर्यटकीय प्याकेजको विकास गरी कर्मचारीलाई यात्रा उत्पे्ररणा बिदा, शैक्षिक भ्रमण र अध्ययन अवलोकन भ्रमणको व्यवस्थाका लागि प्रोत्साहन गर्ने नीतिले पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्छ ।
पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायको विविधीकरण एवं विस्तार भएमा यसले आम मानिसको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउनेछ ।
अन्तर्राष्ट्रिय हवाई यातायात सेवालगायत पर्यटन सेवासँग सम्बद्ध सबै प्रकारका पूर्वाधार विकास गर्दै पर्यटन सेवा उद्योगको संख्यात्मक एवं गुणात्मक वृद्धि गर्नु आवश्यक छ ।
पर्यटन व्यवसायीले आचारसंहिताको पालना गरी पर्यटन व्यवसायलाई व्यवस्थित, मर्यादित एवं प्रभावकारी बनाउनुपर्छ ।
पदयात्रा तथा पर्वतारोहण नेपालको पर्यटनको प्रमुख आकर्षक गन्तव्य हो ।
सामान्यतया नेपाल आउने पर्यटक बिदा र मनोरञ्जनको उद्देश्यले ७० प्रतिशत, कुल पर्यटकमध्ये लगभग १३ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि आउँछन् ।
पदयात्रा तथा पर्वतारोहणका लागि आउने पर्यटकमध्ये जर्मनी, उत्तर अमेरिका, फ्रान्स, बेलायत र अष्ट्रेलियाबाट आउनेले मात्र करिब ५० प्रतिशत स्थान ओगटेको पाइन्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here