Wednesday, March 27, 2024
Homeफिचर‘संस्कारयुक्त शिक्षा आवश्यक’

‘संस्कारयुक्त शिक्षा आवश्यक’

- Advertisement -spot_img

राप्ती बाल एकाडेमीको ११औं वार्षिकोत्सव
तुलसीपुर, १२ माघ । पछिल्लो समय समाजमा सामाजिक मूल्य मान्यता र नैतिकता हराउँदै जान थालेको कार्यक्रमका सहभागीहरूले बताएका छन् ।
बालबालिकाहरूमा संस्कारयुक्त शिक्षाको विकास हुन नसक्दा मानवता लोप हुँदै जान थालेको उनीहरूले बताए । शनिबार राप्ती बाल एकाडेमीको ११औँ वार्षिकोत्सवका अवसरमा सहभागीहरूले यस्तो बताएका हुन् ।
विद्यालयका सञ्चालक समिति अध्यक्ष राजेन्द्र कुमार पाण्डेको अध्यक्षता तथा नेसनल प्याब्सन प्रदेश नं. ५ का संयोजक सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनीहरूले अब प्रत्येक विद्यालयमा संस्कारयुक्त शिक्षा अनिवार्य गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहभागीहरूले प्रत्येक विद्यालयले आफ्ना विद्यार्थीहरूलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक र संस्कारी शिक्षा प्रदान गर्न जरूरी रहेको बताए । संस्कारविना कुनै पनि क्षेत्रको सामाजिक स्तरोन्नति हुन नसक्ने भन्दै उनीहरूले विद्यार्थीहरूमा असल आचरणको विकास गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख प्रकाश रावतले राप्ती बाल एकाडेमीले स्थापनादेखि नै विद्यार्थीहरूमा संस्कारयुक्त शिक्षा प्रदान गर्दै आएको भन्दै प्रशंसा गरेका थिए ।
त्यस्तै गोरखा माविका प्रिन्सिपल तथा एन प्याब्सन दाङका उपाध्यक्ष विजयमान जिएम, मेरीगोल्ड बोर्डिङ स्कुलका प्रिन्सिपल बासुदेव रिजाल, सक्सेस एकाडेमीका प्रिन्सिपल छविकुमार वलीलगायतले विद्यार्थीहरूलाई संस्कारसहितको शिक्षाका लागि विद्यालयले अतुलनीय योगदान पु¥याएको बताए ।
उनीहरूले विद्यालयसँगै अभिभावक र घरपरिवारले समेत बालबालिकाहरूमा मानवता, सकारात्मक सोच, सरल, अनुशासन र सौहार्दपूर्ण व्यवहारको विकासकमा ध्यान दिन जरूरी रहेको बताए ।
यसैबीच विद्यालयले सञ्चालन गरेका विभिन्न विधाका कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका संयोजक विरेन्द्र चन्दको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण विद्यालयका प्रिन्सिपल ठाकुरप्रसाद डाँगीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
6,000FansLike
100FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here