- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरटोल विकास संस्था गठन

टोल विकास संस्था गठन

- Advertisement -spot_img

चाँदनीचोक (अमिलिया), १२ माघ । लमही–९ अमिलियामा चाँदनी टोल विकास संस्था गठन भएको छ । स्थानीयतहमा दीगो विकास गर्न गराउन टोल समिति गठन गर्ने प्रावधान अनुसार खिमबहादुर केसीको अध्यक्षता ११ सदस्यीय चाँदनी टोल विकास संस्था गठन भएको हो ।
जसको उपाध्यक्षमा पोषणराज बस्नेत, सचिवमा कृष्ण कुमार थापा, कोषाध्यक्षमा विमला चौधरी, सहसचिवमा ओमप्रकाश थापा, सदस्यहरूमा दीपा बस्नेत, नरबहादुर वली, भक्तबहादुर चौधरी, गोविन्द चौधरी, रञ्जिता थापा, सुनिता चौधरी रहेका छन् ।
लमही नगरपालिका ९ का वडा अध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यता, समाजसेवी जगदीश दुवेदी, सिताराम केसी, देवीमाया थापा, मावि अमिलियाका प्रधानाध्यापक गोपाल न्यौपाने, मनजित खड्का, प्रेमबहादुर वली, रामबहादुर पौडेललगायतको उपस्थितिमा नव गठित संस्थाले विभिन्न निर्णयसमेत गरेको छ ।
टोल विकासले संस्थाको नामाकरण ‘चाँदनी टोल विकास संस्था’ नामाकरण गर्ने, कार्यसमिति चयन, बैंक खाता खोल्ने तथा सीमाङ्कन गर्ने निर्णय गरेको छ । अमिलिया सामुदायिक वनका अध्यक्ष मनजित खड्काले सामुदायिक वनको तर्फबाट साथ सहयोग रहने बताए ।
कार्यक्रमको सहजीकरण कृष्णकुमार थापाले गरेका थिए । यसैबीच अमिलिया सामुदायिक वनको २३औं साधारणसभा भएको छ । लमही नगरपालिका वडा नं ९ वडा अध्यक्ष भेषबहादुर केसीको प्रमुख आतिथ्यता,
विशिष्ट अतिथि सवडिभिजन वन कार्यालयका सतवरियाका सहायक वन अधिकृत ईश्वरी दाहाल तथा वनका पूर्व अध्यक्ष सिताराम केसीको विशिष्ट आतिथ्यतामा भएको साधारणसभा बोल्ने वक्ताहरूले सामुदायिक वनमा उपभोक्ता जागरूक भई अग्रसरता रहनुपर्छ भन्ने कुरा राखे ।
प्रमुख अतिथि अध्यक्ष केसीले सामुदायिक वनमा उपभोक्ता जागरूक भई अग्रसरता रहनुपर्छ भन्ने कुरा राखे । विशिष्ट अतिथि सहायक वन अधिकृत दाहालले वन ऐनको परिधिभित्र रही हरेक अवस्थामा आफू सहायक हुने बताए ।
दीगो वैज्ञानिक वन व्यवस्थापन कार्यान्वयन गर्ने, आर्थिक प्रतिवेदन अनुमोदन, साधारणसभाले मनजित खड्काको अध्यक्षतामा रहेको कार्यसमितिलाई निरन्तरता दिदै अनुमोदन गरेको छ ।
साधारणसभामा वनका अध्यक्ष मनजित खड्काको सभापतित्वमा भएको कार्यक्रमको सहजीकरण सचिव यज्ञबहादुर वलीले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here