- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचररेडक्रसका उपशाखाहरूमा नयाँ नेतृत्व

रेडक्रसका उपशाखाहरूमा नयाँ नेतृत्व

- Advertisement -spot_img

तुलसीपुर, १२ माघ । नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाको नवौँ साधारणसभा तथा चौथो अधिवेशन भएको छ । शनिबार भएको साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि एवं संघीय सांसद हिराचन्द्र केसीले रेडक्रस निःशुल्क सामाजिक सेवामा काम गर्ने संस्था भएको बताए ।
सांसद केसीले मानव सेवाका लागि संस्थाले समाजमा निरन्तर योगदान पु¥याउँदै आएको भन्दै संस्थाको काम कर्तव्यका बारेमा प्रशंसासमेत गरेका थिए । उनले रेडक्रसको मान, ईज्जत र सम्मानलाई सधै जीवित राख्नुपर्ने बताए । उनले रेडक्रसले देशको समग्र क्षेत्रमा पु¥याएको योगदानलाई सरकारले उच्च सम्मान गर्न जरूरी रहेको औँल्याए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी दाङका संस्थापक मन्त्री नवराज रजौरे, पूर्व सभापति डिल्ली बहादुर केसी, वरिष्ठ अधिवक्ता डिल्लीराज धिताल र निर्वाचन अधिकारी भीमलाल मरासिनीले संस्थाले समाजमा पु¥याएको योगदानका बारेमा चर्चा गरेका थिए ।
यसैबीच अधिवेशनले उपशाखा तुलसीपुरका सभापति शेखरचन्द पोख्रेलको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन गरेको छ । समितिको उपसभापतिमा देविका नेपाली घिमिरे, सचिवमा प्रकाश कुमार पोख्रेल, कोषाध्यक्षमा टेकनाथ शर्मा, उपकोषाध्यक्षमा ईश्वरी प्रसाद खड्का रहेका छन् ।
समितिको सदस्यहरूमा बंशीकुमार शर्मा, नवीन कुमार पराजुली, लोकराज डाँगी र बसन्त बहादुर केसी रहेका छन् भने महिला सदस्यमा मकर कुमारी बस्नेत रहेकी छन् ।
कार्यक्रम नेपाल रेडक्रस सोसाईटी तुलसीपुर उपशाखाका सभापति शेखर चन्दको अध्यक्षतामा भएको थियो । देविका नेपालीको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण संस्थाका सचिव नवीन कुमार पराजुलीले गरेका थिए ।

शान्तिनगर रेडक्रसमा केसी

यसैबीच नेपाल रेडक्रस सोसाईटी शान्तिनगर उपशाखाको सभापतिमा विमल केसी सर्वसम्मतिमा चयन भएका छन् । शान्तिनगर गाउँपालिका जेष्ठ नागरिक मञ्चका अध्यक्ष पुरूषोत्तम रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रथम साधारणसभाबाट नेपाल रेडक्रस सोसाईटी शान्तिनगर उपशाखाको सभापतिमा विमल केसीलाई सर्वसम्मत चयन गरेको छ ।
जसको उपसभापतिमा लक्ष्मी भण्डारी सचिवमा तेजबहादुर विक कोषाध्यक्षमा केशव योगी, उपसचिवमा खुमराज राना, उपकोषाध्यक्ष बालकृष्ण वलीलाई पदाधिकारीमा चयन गरेको छ । त्यस्तै कार्यक्रममा हरि कुमार केसी, रेणु थापा, मेनका ठाडा, मिनबहादुर केसी र रामबहादुर केसीलाई सर्वसम्मत रूपमा सदस्यमा चयन गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here