- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeमुख्य खबरविद्यार्थीलाई खाजा रकम

विद्यार्थीलाई खाजा रकम

- Advertisement -spot_img

तुलसीपुर, १२ माघ । तुलसीपुरमा रहेको एक विद्यालयले विद्यार्थीहरूका लागि खाजा खर्च वितरण गरेको छ । विद्यार्थीहरूलाई दैनिक १५ रूपैयाँको दरले दुई महिनाको खाजा खर्च वितरण गरेको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको श्री प्रावि मोतीपुरले विद्यालयलका ३० जना विद्यार्थीहरूलाई दिवा खाजा खर्च प्रदान गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छोटीलाल थारूको अध्यक्षतामा विद्यार्थीहरूलाई रकम प्रदान गरिएको हो । तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाअन्तर्गत उपलब्ध भएको उक्त रकम विद्यार्थीहरूको हाजिरीका आधारमा प्रदान गरिएको छ ।
विद्यालयले विद्यार्थीहरूको उपस्थितिका आधारमा खाजा रकम उपलव्ध गराउन थालेपछि अहिले विद्यार्थीहरू नियमित विद्यालय आउने गरेको विद्यालयकी प्रधानाध्यापक विश्वमाया पराजुलीले बताईन् ।
‘पहिले कक्षाकोठामा विद्यार्थीको उपस्थिति निकै कम हुने गर्दथ्यो’ उनले भनिन्– ‘अहिले प्रायः सबै विद्यार्थीहरू नियमित विद्यालय आउने गरेका छन् ।’
विद्यालयले खाजा रकम उपलव्ध गराउने भएपछि छोराछोरीहरू खुशी हुँदै विद्यालय जाने गरेको अभिभावकहरू बताउँछन् । कक्षामा सहभागी भएकै आधारमा विद्यालयले रकम प्रदान गर्ने भएपछि निरन्तर विद्यालय आउने गरेको विद्यार्थीहरूको भनाई छ ।
कार्यक्रममा विद्यार्थीहरूलाई मंसिर र पुसको खाजा खर्चअन्तर्गत १४ हजार ५ सय ८५ रूपैयाँ प्रदान गरिएको हो । कार्यक्रमको सहजीकरण विद्यालयकी शिक्षिका पार्वती बुढाथोकीले गरेकी थिइन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here