- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचर६८ लाख बिमा भुक्तानी

६८ लाख बिमा भुक्तानी

- Advertisement -spot_img

घोराही, १२ माघ । नेपाल लाइफ ईन्स्योरेन्स कम्पनी दाङ शाखाले स्वर्गीय ऋषिराम रिजालको परिवारलाई शनिबार बिमा दावी भुक्तानी गरेको छ । घोराही उपमहानगरपालिका–१५ का रिजालले ६ वर्ष अघि जीवन समृद्धि बिमा योजनाअन्तर्गत ५० लाखको बिमा गरेका थिए ।
बिमाबापतको ५० लाख बिमाङ्क, १८ लाख ६० हजार बोनस, अग्रीम भुक्तानी बापतको चार वर्षको रकम १५ लाख गरी ८३ लाख ६० हजारको लाभ प्राप्त भएको नेपाल लाइफ इन्स्योरेन्स घोराही दाङ शाखा प्रमुख बसन्त अधिकारीले जानकारी दिए ।
बिमा दाबीबापतको रकम घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरी र शाखा प्रमुख अधिकारीले संयुक्तरूपमा स्वर्गीय रिजालको पत्नी इन्दिरा रिजाललाई हस्तान्तरण गरेका थिए । चेक हस्तान्तर पश्चात् नगर प्रमुख चौधरीले बिमाले बिना झन्झट बिमीतहरूलाई सेवा दिनुपर्ने बताए ।

 

घरमै आएर रकम दिदा बिमा कम्पनीप्रति नागरिकहरूको विश्वास अझ बढेको बताउँदै उनले बिमाबाट पाएको रकमलाई सदुपयोग गर्न आग्रह गरे । अभिभावकको अभाव पूरा गर्न नसके पनि बिमाले आर्थिक समस्या टार्न धेरै नै सहज हुने उनको धारणा थियो ।
रिजालको क्यान्सर रोगका कारण ४२ वर्षको उमेरमा निधन भएको थियो । कार्यक्रममा कम्पनीका घोराही शाखा प्रमुख बसन्त अधिकारीले बिमीतहरूले आफ्ना कागजातहरू सुरक्षित राखी बिमा दाबी गर्दा बुझाएमा भुक्तानी गर्दा कुनै पनि झन्झट नहुने भन्दै आफूहरूले जतिसक्यो चाँडो बिमा भुक्तानी दिइरहेको बताए ।
बिमा क्षेत्रकै अग्रणी कम्पनीको रूपमा रहेको नेपाल लाइफ ईन्स्योरेन्समा बिमा गर्दा अन्य कम्पनीभन्दा धेरै बोनससमेत पाइने उनले बताए । बिमा गर्दा जोखिम बहनका साथै सुरक्षित बचत एवं सहजरूपमा ऋणसमेत प्राप्त हुने उनले बताए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here