- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeमुख्य खबररगैजामा हाट बजार

रगैजामा हाट बजार

- Advertisement -spot_img

शान्तिनगर, १२ माघ । आउँदो शनिबारदेखि शान्तिनगर–५ रगैजामा कृषिउपज हाट बजार सञ्चालन हुने भएको छ । सुवास स्मृति सहकारी संस्था रगैजाको व्यवस्थानमा हरेक हप्ताको शनिबार हाट बजार सञ्चालन हुन लागेको हो ।
स्थानीयस्तरमा उत्पादित कृषिजन्य बस्तु बिक्री तथा खरिद गर्नका लागि कृषिउपज हाट बजार सञ्चालन हुन लागेको संस्थाका अध्यक्ष रीता बटालाले बताइन् ।
सहकारीको प्राङ्गणमा सञ्चालन हुने हाट बजारमा सहभागी भई कृषिजन्य वस्तुको बिक्री तथा खरिद गर्न संस्थाले सम्पूर्ण शेयर सदस्य, ग्राहक र उपभोक्ताहरूमा आग्रह गरेको छ ।
कृषि उपज हाट बजारमा ताजा तरकारी, फलफूल, बीउबिजन, जडिबुटी, कन्दमुल, खाद्यान्नलगायतका सामान बिक्री तथा खरिद गर्न सकिने संस्थाका ब्यवस्थापक तेजबहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार हरेक हप्ताको शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन हुने हाट बजारका लागि आवश्यक क्यारेट र सामान राख्ने ठाउँ सहकारीले निःशुल्क ब्यवस्था मिलाइ दिने जानकारी दिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here