- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरस्वास्थ्यसम्बन्धी सचेतना

स्वास्थ्यसम्बन्धी सचेतना

- Advertisement -spot_img

घोराही, १२ माघ । प्रजनन स्वास्थ्यसम्बन्धी एकदिने सचेतनामूलक कार्यक्रम घोराहीमा भएको छ । घोराही उपमहनगर–पालिका वडा नं. १५ को आयोजना एवं अम्बिकेश्वरी आमा समूहको व्यवस्थापनमा कार्यक्रम भएको हो ।
अम्बिकेश्वरी आमा समूहका अध्यक्ष मञ्जु बज्राचार्यको अध्यक्षता एवं घोराही उपमहनगर वडा नं. १५ का वडा अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि पाण्डेले महिलाको स्वस्थ्यविना परिवारको समृद्धि र आर्थिक समृद्धि नहुने बताएका थिए । महिलाको स्वास्थ्यमा सबै गम्भीर र सचेत बन्न जरूरी रहेको उनको भनाइ थियो ।
अझै पनि धेरै महिलाहरूले प्रजनन् स्वास्थ्य समस्यालाई लुकाएर राख्ने प्रवृत्ति रहेको बताउँदै समस्यालाई स्वास्थ्य संस्थाको पहुँचसम्म पु¥याउन हिचकिचाउन नहुने बताए ।
घोराही उपमहनगरपालिका वडा नं. १५ का महिला सदस्य कृष्णा रानाले महिलाको स्वास्थ्यप्रति वडा संवेदनशील रहेको बताईन् । आमा समूह तथा महिला स्वास्थ्य स्वयम्सेविकामार्फत सचेतनामूलक कार्यक्रम गरिएको उनको भनाइ थियो ।
कार्यक्रमकी प्रशिक्षक स्वास्थ्यकर्मी राधा पौडेलले अझै पनि महिलाहरूको प्रजनन् अंगमा महिलाको अधिकार हुन नसकेको बताउँदै यसले थुप्रै प्रजनन् उमेरका महिलाहरूको स्वास्थ्यमा थुप्रै खालका समस्याहरू ल्याउने गरेको बताईन् । अर्का प्रशिक्षक लक्ष्मी गैरेले प्रजनन् स्वास्थ्यबारे सबै आमाहरू जागरूक र सचेत हुन आवश्यक रहेको उनको भनाइ थियो ।
यस्तै पत्रकार बसुन्धरा गौतमले शिक्षित र पढे लेखेका महिलाहरूसमेत आफ्नो प्रजनन् स्वास्थ्य र प्रजनन् अधिकारप्रति संवेदनशील हुन नसक्दा नेपालमा अधिकांस महिलाहरू प्रजनन् स्वास्थ्यबाट पीडित भएको बताईन् ।
अम्बिकेश्वरी आमा समूहका सचिव लक्ष्मी केसीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सरला पौडेलले गरेकी थिईन् । घोराही उपमहनगरपालिका वडा नं. १५ का आठवटा आमा समूहका महिला तथा महिला स्वास्थ्य स्वयम्सेविकाहरूको सहभागिता रहेको तालिमका प्रशिक्षकमा स्वास्थ्यकर्मी राधा पौडेल र लक्ष्मी गैरे रहेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here