- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरज्योतिपुञ्जको १९ औं वार्षिकोत्सव

ज्योतिपुञ्जको १९ औं वार्षिकोत्सव

- Advertisement -spot_img

घोराही, १२ माघ । घोराहीमा रहेको ज्योतीपुञ्ज आवासीय माध्यमिक विद्यालयले शनिबार १९औँ वार्षिकोत्सव मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज थपलियाको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरूलाल चौधरीले समयअनुकूलको सिप र संस्कारसहितको शिक्षा अहिलेको आवस्यकता रहेको बताए ।
‘विद्यालय शिक्षामा गरिने लगानी नै भोलिको दक्ष जनशक्ति उत्पादनको आधार हो, विद्यालयको तल्लो तहबाटै शैक्षिक सुधार गर्नुपर्छ, त्यसका लागि बालमैत्री शिक्षण सिकाइमा ध्यान दिनुस् ।’ उनले भने– ‘सीप, संस्कार, आचारण र अनुशासन विद्यालय तहबाटै सिकाउनुपर्छ ।’
नगरप्रमुख चौधरीले बालमैत्री शिक्षण सिकाइसँगै खानपान, खेलकुद, मनोरञ्जनमा समेत विषेश ध्यान दिन विद्यालय र अभिभावकलाई आग्रह गरे ।
विद्यालय सञ्चालक समितिका सदस्य माधव खनालको स्वागत मन्तव्यबाट सुरूभएको वार्षिकोत्सव समारोहमा बोल्दै विद्यालयका अध्यक्ष हेमराज शर्माले दीर्घकालिन योजनाका आधारमा विद्यालय सञ्चालन गरिएको बताए । उनले आगामी शैक्षिक सत्र २०७७ देखि अझ उत्कृष्ट कार्यक्रमहरूको तर्जुमा गरिएको र यस विद्यालयबाट उत्पादित शैक्षिक उत्पादनहरू देशका राम्रा निकायहरूमा बिक्ने र टिक्ने बताए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक बालचन्द्र शर्मा प्रिन्सिपल बुद्धिराज अधिकारी, शिक्षा निर्देशक तुलसीराम डाँगीले आफूहरू विद्यार्थी संख्या बढाउने मात्रै नभई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्नतर्फ केन्द्रित रहेको बताए ।
प्याब्सनका उपाध्यक्ष निर्मल न्यौपाने र पतञ्जली योग समितिका प्रदेश संयोजक प्रेम शाहले बालबालिकालाई कितावी ज्ञान मात्रै नभई अतिरिक्त क्रियाकलाप गराउनसके मात्रै चौतर्फी विकासमा सहयोग पुग्ने बताए । कार्यक्रमको सहजीकरण विद्यालयका कोर्डिनेटर पूर्णचन्द्र पाण्डेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here