- Advertisement -spot_img
Thursday, June 17, 2021
Homeसम्पादकीयमहोत्सवमय सहर

महोत्सवमय सहर

- Advertisement -spot_img

यो समय मेला महोत्सव कै छ । पुसदेखि नै विभिन्न स्थानहरूमा मेला महोत्सवको रौनक बढिरहेको छ । माघपछिका दिनमा त दैनिकजसो महोत्सवको गतिविधि छन् ।
शुक्रबारदेखि मात्रै दाङको तुलसीपुर र घोराहीमा ठूला दुई महोत्सव सुरू भएका छन् । तुलसीपुर र घोराहीमा एकैसाथ व्यापारिक महोत्सव हुनु राम्रो हो । तर २४ किलोमिटरको दूरीमा एकै दिनदेखि एकै प्रकारको महोत्सव हुनु कदाचित राम्रो हैन । यसले व्यवसायीकतामा मात्रै हैन क्षेत्रीयतामा समस्या ल्याउन सक्छ ।
त्यो अवस्थालाई पनि मध्यनजर भएको भए दुबै क्षेत्रका महोत्सवहरू सोचेभन्दा फरक र सफल पक्कै पनि हुने थिए । व्यक्ति संस्थाको आक्रोस र रिसिइवीले सञ्चालन हुने गतिविधिले सबैलाई क्षति पु¥याउँछ ।
त्यो गर्नु उचित पनि हैन । त्यो अवस्था अहिले दाङमा देखिएको छ । एकैपटक जिल्लामा दुई ठूला सहरमा छुट्टाछुट्टै व्यापारिक महोत्सवहरू सञ्चालन गर्नुले दुई सहर र दुई व्यवसायीक संगठनको जुँगाको लडाई प्रष्ट रूपमा देखिदै आएको छ ।
अहिले भ्रमण वर्ष चलिरहेको छ । नेपाल सरकारले नै भ्रमण वर्षको सुरूवात गरेपछि सबै पक्ष, क्षेत्रले यसमा सहयोग गर्नु अनिवार्य नै हुन्छ । राज्यको नीति सबैले मान्नु पनि पर्छ । दाङका महोत्सवले र अन्य जिल्लामा सञ्चालन भइरहेका र रहने महोत्सवहरूले पनि यसलाई मध्यनजर गरेको देखिन्छ ।
महोत्सवहरूमा बाह्य पर्यटकभन्दा पनि आन्तरिक पर्यटकहरूको प्रभाव रहन्छ । योसँगै महोत्सवहरूको आर्थिक क्षेत्र पनि जोडिएको छ । आर्थिक र व्यावसायीक जोडिने महोत्सवहरूमा एउटा समस्या सधै आउने गर्छ । त्यो आर्थिक पारदर्शीता हो । महोत्सवको उचित र सान्दर्भिक उद्देश्य र पारदर्शीता नहँुदा महोत्सवहरू धेरै विवादमा पनि आउने गर्दछन् ।
दाङमै कुनै समय सञ्चालन भएका महोत्सवहरूमा पनि यो समस्या आएको थियो । जुन पछि सल्टाउने प्रयास गरियो । त्यो अवस्था यसपटक आउन नदिन आयोजकहरू सजक हुन जरूरी छ ।
पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरको उत्पादनको प्रवद्र्धन र कला, संस्कृतिको संरक्षण महोत्सवमा गरिनुपर्छ । सायद उद्देश्य पनि यही हो । स्थानीय सबै चिजलाई गुमनाम पारेर बाहिरियाको प्रवेश हुनुहुँदैन । महोत्सवमा देखिने विकृतिहरूको पनि तत्काल आयोजकले व्यवस्थापन र समाधान गर्नु नै पर्छ ।
विभिन्न बहानामा दर्शकहरूले महोत्सवका नाममा सास्ती पाउनु हुँदैन । महोत्सवमा अहिले पार्किङमा दादागिरी गरेको आरोप लागिरहेको छ । महोत्सवको दोस्रो दिनमै तुलसीपुरमा महोत्सवसँग नजोडिएको क्षेत्रबाट पार्किङको नाममा रसिद काटनेदेखि हेल्मेट लुकाउनेसम्मको कार्य भएको सार्वजनक हुनु कदाचित राम्रो हैन । यस्ता कार्यले महोत्सव र आयोजकलाई बदनाम बनाउन सक्छन् । यसमा पनि आयोजकहरू सचेत भएर संयम तरिकाले महोत्सव सञ्चालन गर्नतर्फ लाग्नुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here