- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरएयरपोर्टको विकासमा सरकार प्रतिवद्धः पर्यटन मन्त्री

एयरपोर्टको विकासमा सरकार प्रतिवद्धः पर्यटन मन्त्री

- Advertisement -spot_img

तुलसीपुर र घोराहीमा महोत्सव सुरू …
दाङ, ११ माघ । तुलसीपुर र घोराहीमा एकैसाथ व्यापारिक महोत्सव सुरू भएको छ । तुलसीपुरमा तुलसीपुर उद्योग वाणिज्य संघ र घोराहीमा दाङ चेम्बर अफ कमर्सले महोत्सव सञ्चालन गरेका छन् ।
तुलसीपुर महोत्सव २० गतेसम्म र घोराहीमा २२ गतेसम्म रहने छ । दुबै महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीले उद्घाटन गरेका छन् ।
जिल्लाको पर्यटन प्रवद्र्धनसँगै विभिन्न स्थानीयस्तरको उत्पादनको प्रवद्र्धन र कला, संस्कृतिको संरक्षणका लागि महोत्सव गरिएको आयोजकहरूले बताएका छन् ।
तुलसीपुरमा निर्मार्णाधिन सभाहलको निर्माण र एयरपोर्टको स्तरोन्नतिका लागि तुलसीपुरमा महोत्सव सञ्चालन गरिएको तुलसीपुर उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सवबाट करिब एक करोड बचत संकलन गर्ने लक्ष्य राखिएको छ ।’ यसैगरी घोराहीले पाँच करोडको कारोवार गर्ने लक्ष्य लिएको छ ।
महोत्सवको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले टरिगाउँ एयरपोर्टको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । उनले स्थानीय नागरिकको आवाज एयरपोर्टको विकास र इन्धन डिपोको माग छ त्यसमा सरका गम्भीर रहेको बताए ।
भट्टराईले विगत लामो समयदेखि टरिगाउँ एयरपोर्टको स्तरोन्नति र विस्तारका लागि सञ्चालन सञ्चालन गरिएका अभियानमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताए ।
जिल्लाको समग्र विकासका लागि हवाई सेवा महत्वपूर्ण रहेको भन्दै उनले एयरपोर्टमा आयल निगमको डिपो स्थापनाका लागि प्रक्रिया अगाडि बढिसकेको बताए ।
जनताको मागलाई सम्बोधन गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको भन्दै उनले जिल्लाको आर्थिक विकासका सरकार प्रतिवद्ध भएर लाग्ने बताए । मन्त्री भट्टराईले स्थानीयतहले अगाडि सारेका योजनाहरूलाई आफूले नेतृत्व गर्दै सरकार समक्ष पु¥याउने बताए ।
‘दाङ प्रदेश नम्बर ५ को प्रमुख जिल्ला हो, यसले हरेक क्षेत्रको विकासलाई प्रत्यक्ष जोडेर लगेको छ’ उनले भने– ‘त्यसैले यस क्षेत्रको विकासका लागि हाम्रो सरकार धेरै नै गम्भीर छ, तपाईहरू समय–समयमा झक्झक्याउनु होस्, हामी काम गर्दै जान्छौँ ।’
दाङ नेपालकै धार्मिक, साँस्कृतिक तीर्थस्थलको रूपमा चिनिएको भन्दै उनले यहाँको धार्मिक, साँस्कृतिक, औद्योगिक र पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सरकारको ध्यानाकर्षण भएको बताए ।
‘दाङ, भारतबाट तिब्ब्तको मानसरोवर कैलाशपुरसम्म जाने पवित्र धार्मिकस्थलको मार्ग हो, त्यसैले दाङको विकास निकै महत्वपूर्ण छ’ उनले भने– ‘स्थानीय सरकारले निर्माण गरेका नीति तथा योजनाहरूमा सरकारले प्रमुख जिम्मेवारीका साथ नेतृत्व गरी आवश्यक बजेट विनियोजन गर्ने छ ।’
सरकारले हरेक क्षेत्रको भौतिक पूर्वाधारको विकासमा ध्यान दिएको बताउँदै दाङलाई जोडेर जाने हुलाकी मार्ग, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरूलाई फराकिलो बनाउनका लागि सरकार प्रयत्नशील रहेको बताए ।
‘दाङ हरेक पक्षले विशेष छ, उनले भने ‘यो जिल्ला भौलिक दृष्टिकोणले नेपालकै महत्वपूर्ण र विशेष छ ।’ शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको आधुनिकरणका लागि सरकार प्रतिवद्ध र सकारात्मक भएर अगाडि बढेको उनले आश्वासन दिए ।

ठूलो जहाज चढ्ने रहर

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले समग्र जिल्लाको विकासका बारेमा भाषण गर्दै गर्दा यहाँका विद्यार्थीहरू ‘ठूलो जहाज चढ्ने रहर’ सहितका प्लेकार्ड लिएर सडकमा उत्रिएका छन् । समग्र जिल्लाको विकास हवाई सेवासँग जोडिएको नारासहितको प्लेकार्ड बोकेर तुलसीपुर क्षेत्रका विद्यार्थीहरू सडकमा उत्रिएका हुन् ।

‘हामी दाङको एयरपोर्टको विस्तार र स्तरोन्नति चाहन्छौँ, कहिले पूरा होला ठूलो जहाज चढ्ने रहर’ भन्दै विद्यार्थीहरूले यहाँको नेता, जनप्रतिधि तथा सम्बन्धित सरोकारवालाहरूलाई ध्यानाकर्षण गराएका छन् ।
टरिगाउँ हवाई सेवा दाङबासीहरू चाहना भएको भन्दै विद्यार्थीहरूले सरकारको उक्त चाहनालाई पूरा गर्नुपर्ने भन्दै इन्धन डिपो स्थापना र सुलभ हवाईसेवा उपलव्ध गराउनुपर्ने माग गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here