- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरनिजी लगानीको वातावरण भएन

निजी लगानीको वातावरण भएन

- Advertisement -spot_img

घोराही, ११ माघ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले निजी व्यवसायीहरूको लागि राज्यले उचित वातावरण मिलाउन नसकेको बताएका छन् ।
‘आर्थिक विकासको लागि निजी लगानीको पनि आवश्यक पर्छ’ दाङको घोराहीमा सुरू भएको करसम्बन्धी तालिमको उद्घाटन गर्दै उनले भने ‘राज्यकै नीतिका कारण उद्योगी व्यवसायीहरूलाई लगानी गर्न चुनौती देखिएको छ ।
देशको आर्थिक विकासका लागि उद्यमशीलताको आवश्यकता रहेकाले राज्यले यस विषयमा गम्भीर भएर सोच्नुपर्ने बताए । उद्यमशीलताको विकासका लागि निजी तथा सरकारी क्षेत्र सहकार्य गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो । उद्योग, व्यसायहरूलाई दर्ता गर्नेदेखि लगाईने करलाई सही व्यवस्थापन गर्न सुझाव दिएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले करलाई कहरको रूपमा नभएर कर्तव्यको रूपमा सरकारलाई बुझाउन सक्ने वातावरणको सिर्जना गर्न अनुरोध गरे ।
देश आर्थिक समृद्धिमा निजी लगानीहरूको पनि महत्वपूर्ण भूमिकाको बारेमा सरकारले बुझ्नुपर्ने बताए । उद्योगी, व्यवसायीहरूलाई हेर्न दृष्टिकोणमा परिवर्तन आउन नसकेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश नम्बर ५ का अध्यक्ष गुणनिधि तिवारीले व्यवसायीहरू राज्यका नीतिका बारेमा गम्भीर भएर अध्ययन गर्नुपर्ने बताए ।
‘राज्यका नीतिहरूलाई अध्ययन गरेर केही सुधार गर्नुपर्ने भए सरकारसँग छलफल गर्नुपर्छ’ उनले भने ‘नीति नबुझ्दा पनि कतिपय विषयमा समस्या देखिएको छ ।’
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख लिलाराज शर्माले पछिल्लो अघिल्लो चालु आर्थिक वर्षको तुलनाका चालु आर्थिक वर्षमा कर सङ्कलनमा वृद्धि भएको बताए । कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन् । साना तथा मझौला व्यवसायी करदाताहरूलाई तालिमको माध्यमबाट करसम्बन्धी शिक्षा प्रदान गर्ने थालिएको हो ।
तालिममा कानुनले निर्दिष्ट गरेको व्यवस्थाहरू, पालना गर्नुपर्ने, कर फारामहरू भर्दा हुने त्रुटी कम गर्न तालिमको आयोजना गरिएको बताइएको छ ।
दुई दिनसम्म सञ्चालन हुने तालिमका प्रशिक्षकहरूको सिए ज्ञानेन्द्रबहादुर भारी र राजकुमार राई रहेका छन् । तालिममा दाङसहित अन्य जिल्लाका व्यवसायीहरू तथा उद्यमी गरी करिब १ सय ५० बढीको सहभागिता रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here