- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeफिचरफर्किएनन् छोराहरू

फर्किएनन् छोराहरू

- Advertisement -spot_img

दीपा धिताल

कथा
त्यो वातावरण निकै स्तब्ध छ । समय पनि कस्तो उराठ लाग्दो । आज राति घरको पल्लोपट्टी स्याल कराइरखेको थियो । त्यो स्यालको आवाज मेरो कोठाभित्र नछिरेको पनि हैन । कत्ति कराइराखेको भन्या गएरै खेदौ जस्तो तर रातिको समयमा को मूर्ख नै लखेट्न जान्छ र त्यो कराइरहेको स्याललाई लखेट्न ।
त्यत्तिकैमा बिहान भएर घाम पनि लागिसकेछ । म अबेर उठेको देखेर आज पनि फेरि आमाको भजन शुरू हुन थालेछ । मलाई भने आमाको त्यो भजनले कुनै अप्ठ्यारो पार्दैनथ्यो ।
आज बिदाको दिन कलेज पनि जानु छैन । दाइ ८ बजेसम्म सुत्छ र पनि उहाँलाई केही भन्नुहुन्न मलाई भने कराएको करायैँ भन्या । कराइ राखुन् बूढी मलाई मतलब छैन । किनकी मलाई मजस्तै बन्नु छ ।
आज पनि आमाको भजन सुन्नतिर नलागेर सिधै पधेंरोतिर लागे म । बाटोमा जाँदै गर्दा माथिल्लो घरकी खैरेनी आमै भन्दै थिइन् । ‘आज रातभर स्याल करायो गाउँमा को मर्छ ? भन्दै थिए साच्चै रहेछ;
खैरेनी आमैका कुरा सुनेर मेरो रिस उठ्यो उसलाई भोक लाग्यो होला करायो अनि स्याल करायो भन्दैमा कही मान्छे पनि मर्छ्न त भन्या । मान्छे त कालै आएर मर्ने न हो । खैरेनी आमै फेरि बोलिन । कठै !
पल्लो घरकी ती जिम्दारनी बज्यैलाई पनि कति छिट्टै काल आएको रहेछ फोहोर साल बाजे बिते र पनि छोराहरू आएनन् । बज्यै पनि छोराहरू विदेशबाट फर्केर आउलान् र मुख देखौला भन्दाभन्दै गइन् बिचरी !
खैरेनी आमैको कुरा सुन्दा मन झसङ्ग भयो । हैन के भनेकी ती खैरेनी आमैले ! नजिकै गएर सोधे खैरेनी आमै हैन तपाईंले के कुरा गर्नुभएको भन्या एक्कासी कसरी हुन सक्छ यस्तो के जिम्दारनी बज्यै ?
हो स्यानी हिजो मात्र कुरा भएको थियो मेरो जिम्दारनी बज्यैसँग भन्दै थिइन् छोराछोरी जन्माए हुर्काए ठूलो बनाए । बुढेसकालमा सहारा होलान् भनेर कत्ति दुःख गरेर पाले तर अहिले मर्ने बेला यो बुढेसकालमा कोही छोराहरू घरमा छैनन् ।
बिरामी हुँदा पानी दिने मान्छे पनि छैन । यही एउटी छोरी छ त्यै पनि विहे गरेर अर्काको घरमा गएकी कति बोलाउनु आउँछे र पानी दिन्छे । छोरा भन्नु र सम्पत्ति भन्नु केही रहेनछ आश मात्र हुँदो रहेछ बाबै !
पोहोर साल बाजे पनि त्यही पिरले मरे अहिले त ती बज्यै पनि मरिन भन्ने खबरले साह्रै मुटु घोच्यो स्यानी । छोराहरू फर्केर आएनन् भनेर पिर गदैैथिइन तर आज मरिछन् । यो संसारमा छोराहरू भन्नु पनि केही रहेनछ । छोरा जन्मिएनन् भनेर छोरीलाई गर्भमै मार्नेको त सन्तान पनि नहोस् भन्छु म त ।
खैरेनी आमैको कुरा सुनेर म हतार–हतारमा पधेंरोमा पानी भरेर घरतिर लागे र जिम्दारनी बज्यैको घरमा गए । जिम्दारनी बज्यैको लास तुलसीको मठ सामु राखिएको छ । चार दाजुभाइ कोहि अमेरिका छन् कोहि अस्ट्रेलिया साथमा कान्छी छोरी अस्मिता मात्र छ । अस्मिता र म एउटै उमेरका हौं ।
फोहोर साल मात्र उसको विहे भएको । बाआमालाई सहारा दिनको लागि ऊ धेरैजसो माइती घरमै बाआमासँग बस्छे । पोहोर साल विहे हुने बित्तिकै बा मरे अहिले एकबर्ष नहुँदै आमा ।

पोहोर साल बाजे पनि त्यही पिरले मरे अहिले त ती बज्यै पनि मरिन भन्ने खबरले साह्रै मुटु घोच्यो स्यानी । छोराहरू फर्केर आएनन् भनेर पिर गदैैथिइन तर आज मरिछन् । यो संसारमा छोराहरू भन्नु पनि केही रहेनछ । छोरा जन्मिएनन् भनेर छोरीलाई गर्भमै मार्नेको त सन्तान पनि नहोस् भन्छु म त ।


उसको नि भाग्य कस्तो ? अस्मिता डाको छोडेर आमाको छातीमा टाँसिएर रूदैछ । कोहि आफन्तहरू सुँक्क–सुँक्क गरेर रोइरहेका छन्, यसमा छिमेकका महिला पुरूषहरू पनि छन् ।
आँसु नझार्नेहरू पनि मलिन अनुहार लगाएर शोकमा डुबेर अभिनय गरेजस्ता देखिन्छन् । पिँढी, आँगनमा मान्छेहरूको बाक्लो भिड छ ।
‘बिचरा जिम्दारनी बज्यै सधैं छोराहरू आउने दिन गन्थिन, बाटो हेर्थिन धन सम्पत्ति भएर नि केही हुँदो रहेनछ । छोराहरूको बाटो हेर्दाहेर्दै बित्यो उनको जिन्दगी तर पनि फर्केर आएनन् कति पापी  । कोहि आमाप्रति सहानुभूतिका शब्दहरू बर्साइरहेका थिए ।
छोरा–बुहारी कज्याएर बसी–बसी खाने बेला, कठैबरा ! दैवले चुँडेर लग्यो कसैले भनेको सुन्दैछु मैले । ‘जे भएपनि मर्ने बेला जिम्दारनी बज्यैले दुःख पाइनन् आनन्दसँग मरिन्’ कोहि भनिरहेका छन्  ।
अब छोराहरू छैनन् । बाजेको किरिया पनि अस्मिताले म पनि उनको छोराजस्तै छोरी नै हुँ भनेर आफैले किरिया गरी । कसैलाई गर्न दिइन । अब यही अस्मिताले त गर्ने होली नि बज्यैको किरिया पनि कति जिद्दी रहिछ ।
छोरी मान्छे त्यही पनि अर्काको घर गएकी आफ्नो संस्कार त मान्नुपर्छ नि ! कही मरेपछि सम्झने र किरिया बस्ने एउटा परम्पराको निरन्तरताका रूपमा जिम्दारनी बज्यैप्रतिका धारणाहरू प्रकट भैरहेका छन् ।
अस्मिताको आँखामा आँसु ओभाउने कुरै छैन । ऊ मेरो साथी पनि हो । यस्तो पीडामा मैले सम्झाउन सक्ने सामथ्र्य छैन उसलाई मसँग । अब नरोऊ अस्मिता रोएर काम छैन भन्न पनि सकिरहेकी छैन मैले । मेरो कठोर मनले भनिरहेको छ । धित मरून्जेल रोऊ अस्मिता ताकी सारा पीडाहरू त्यही आँसुले नै पखालोस् ।
‘ल ल अब ढिला भैसक्यो, लासलाई धेरैबेर घरमा राख्नु हुन्न’ कसैलाई जिम्दारनी बज्यैको लास घाटमा लगेर डढाउन हतार भइरहेको छ । अस्मितालाई भने तुलसीको मठमा पल्टिरहेको आमाको त्यो निर्जीव अंगालो छोड्न मन छैन ।
छोराहरू नहुन्जेल लास नउठाऊने यो समाजको संस्कार र परम्परा अस्मिताले पोहोरसाल बा बित्ने बेला तोडिसकेकी थिई । तै पनि मैले गर्दा । यो समाजका मान्छेहरूले छोरी मान्छे किरिया बस्नुहुँदैन भनेर पाठ पढाइरहेको थियो ।
तर त्यो पाठ अस्मिताले च्यातिसकेकी थिई । त्यो समाजको पाठ च्यात्नको मुख्य त मेरो भूमिका रहेको थियो । त्यसमा पनि अस्मिता कम थिइन् पितृसत्तात्मक सत्ताले जरा गाडेको यो समाजको संस्कार र परम्परा च्यात्न ऊ पनि तल्लिन थिई र च्यातेरै छाडी । अब भने त्यो प्रश्न उठाउने साहस कसैमा थिएन ?
त्यत्तिकैमा जिम्दारनी बज्यैको लास उठाउने बेला भयो । एकैछिन अस्मिताको छेऊमा गएर भने अस्मिता तिमी त कठोर र साहसिक मान्छे यसरी नरोऊ अब गएको मान्छे रोएर फर्कदैन । हामी पनि जानैपर्छ एकदिन ।
दाजुहरू विदेशबाट बाआमा सम्झी फर्केर नआए पनि, आमाबाको रगत र पसिना भुलेपनि तिमीले छोराको भन्दा कम गरिनौँ बा आमालाई । अब आफूलाई भाग्यमानी सम्झ ।
यो संसारमा जतिसुकै धन सम्पत्ति कमाए पनि, जतिसुकै मठमन्दिर धाए पनि, देश–विदेशमा महल ठड्याए पनि बाआमाभन्दा ठूलो केही होइन । तिमीले बाआमालाई बुढेसकालमा सहारा दियौँ त्यो नै तिम्रो सम्पत्ति हो ।
यहाँ धनले मान्छेको आयु किन्न सकिँदो रहेनछ अस्मिता मलाई आज यस्तै अनुभूति भइरहेको छ तर यो सत्य हो । जीवनको यो एउटा नियमित प्रक्रिया हो ।
जन्मेपछि सबैले यो संसार छोडेर जानैपर्छ । अजम्बरी कोही र केही छैन । त्यसपछि अस्मिताले आमाको अंगालो छोडेर मेरो सामु उभिई र आमालाई घाटतिर लगियो ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here