- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeफिचरसंस्कृतिको एउटा अंश ‘सोरठी’

संस्कृतिको एउटा अंश ‘सोरठी’

- Advertisement -spot_img

तुलसीपुर, ११ माघ । नेपाल कला र संस्कृतिले भरिपूर्ण देश हो । विभिन्न जातजाती र भेषभूषा अनि ति समुुदायमा रहेका रितिरिवाज र परम्पराले छुुट्टै पहिचान बोकेको छ । तर फैलिदै गएको पश्चिममा संस्कृतिका कारण पुुराना कला,
संस्कृति हराउने अवस्थामा पुुगेका छन् । पहिचानका रूपमा परिचित कला संस्कृति कहिलेकाहीँ मात्रै देखिने गरको पाईन्छ ।
सोरठी नाच पनि धार्मिक तथा कला संस्कृतिको हिसावले निकै महत्वपूर्ण मानिन्छ तर युवा पुुस्ताले ध्यान दिन नसक्दा सोरठी हराउने हो कि भन्ने चिन्ता पनि छ । नेपाली कला, लोक कला संस्कृतिमा ठूलै पहिचान बोकेको छ ।
सल्यानमा देख्न सकिने सोरठी नाचको संरक्षणमा तुलसीपुर उपमहानगरपालिका–४ हलवार खाद्रेका एउटा समूह लागेको छ । विभिन्न मेला पर्वमा होस् या सत्यनारायणका पूजापाठमा सोरठी नाच्ने गरेको नाचका अगुवा देवीराम परियारले बताए ।
‘कुनै समय अलिकति माग कम थियो, पछिल्लो समय सोरठी नाचको महत्व बढेको त छ’ उनले भने– ‘विषेशगरी मेला महोत्सवमा सोरठी नाच बढी माग हुने गरेको छ ।’ सोरठी नाचमा गाइने गीत र बजाइने बाजाले पनि राष्ट्रिय महत्व बोकेको उनले बताए ।
सोरठी नाच सल्यानको प्रचलित नाच भएपनि पनि दाङमा पनि यो नाच नाच्ने गरिएको छ । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सोरठी नाचले हाम्रो ईतिहासलाई मात्रै झल्काउँदैन्, नेपाल कलाक्षेत्रले पनि धनी छ भन्ने बुुझाउँदछ । चाडपर्व होस् या विभिन्न विशेष कार्यक्रममा सोरठी नाचलाई देखाउँदा थोरै भएपनि संरक्षणमा सहयोग पुुगेको छ ।
‘नाचको महत्व बढेको छ तर पछिल्लो पुस्ताले चासो दिने गरेको छैन्, साना साना नाच्दिनन्, बूढा–बूढा नाचेर कहिलेसम्म संरक्षण हुने हो ?’ उनले भने– ‘अहिले त हामी ९/१० जनाको समूह लागेका छौँ, यसको संरक्षणका लागि पछिल्लो पुस्ताले साथ दिएपछि राम्रै हुन्थ्यो ।’
महिलाको पोषाकमा सजिएका २/३ जना पुुरूष अनि एकजना सेली लगाएर र अन्य गीत गाउने र बजाउनेसहित करिब १०/१२ जनासँगै मिलेर नाचिने सोरठी नाचले राष्ट्रिय महत्व बोकेको छ ।
पुराना पुस्तामात्रै सोरठी नाचको संरक्षणमा चासो देखाए पनि युवा पुस्तालाई भने तान्न सकेको छैन् । नाचको संरक्षणमा युुवा पुुस्ता मात्रै हैन् सबैको ध्यान जानुुपर्ने सोरठी नाचको संरक्षणमा लाग्नुभएका पूर्णबहादुर नेपाली बताउँछन् ।
‘सोरठीले विभिन्न मेला महोत्सवको शोभा बढाएको छ, यसको संरक्षण हामीले गरिरहेका छौँ’ उनले भने– ‘स्थानीय सरकारले पनि सहयोग गरेमा नयाँ पुस्ता पनि लाग्ने थियो कि,
सोरठी नाचमा पनि पुुराना पुुस्ता मात्रै हुुँदा लोप हुुने हो की भन्ने चिन्ता त छ तर संरक्षणमा सबैको ध्यान जान आवश्यक देखिन्छ ।’ फैलिदै गएको पश्चिममा संस्कृतिका कारण पुुराना कला, संस्कृति हराउने अवस्थामा पुुगेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here