- Advertisement -spot_img
Sunday, June 13, 2021
Homeखेलकुदनगरस्तरीय रनिङ शिल्ड प्रतियोगिता

नगरस्तरीय रनिङ शिल्ड प्रतियोगिता

- Advertisement -spot_img

देउखुरी, ११ पुस । लमही नगरपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारदेखि लमहीमा शुरू भएको छ । प्रतियोगिताको प्रदेश नम्बर ५ का सभासद रेवतीरमण शर्माले उद्घाटन गरेका हुन् ।
प्रतियोगिताको उद्घाटन गर्दै सभासद शर्माले देशको सर्वाङ्गीण विकास गर्नका लागि खेल क्षेत्रको विकास गर्न आवश्यक रहेको भन्दै राज्यले यसका लागि नीति निर्माण गर्नुपर्ने बताए । समाजलाई असल बाटोमा दो¥याउनका लागि खेल क्षेत्रको उत्तिकै महत्वपूर्ण भएकोले एक घर एक खेलाडी हुनुपर्ने सभासद शर्माले बताए ।
खेल जीवनलाई स्वस्थ राख्ने माध्यम भएकोले खेललाई राज्यले महत्वका साथ लिएको बताए । उक्त नगरपालिकास्तरीय प्रतियोगितामा निजी र सामुदायिक विद्यालय गरेर २५ वटा विद्यालय सहभागी भएका छन् ।
प्रतियोगिताका लागि लमही नगरपालिकाले चार लाख बजेट छुट्याएको छ । गतबर्ष यो प्रतियोगिता लमही नगरपालिका–७ स्थित रहेको निम्न माध्यमिक विद्यालय हसनापुरमा भएको थियो । प्रत्येक बर्ष यो कार्यक्रम फरक–फरक बिद्यालयमा आयोजना गरिने लमही नगरपालिका शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्रीले बताए ।
कार्यक्रममा लमही नगरपालिकाका प्रवक्ता बिम बहादुर केसी, शिक्षा शाखा प्रमुख रविन्द्र क्षेत्री, जोतिष्मती विद्यापीठका प्रिन्सिपल नारायण भुसाल, एन प्याब्सन दाङ जिल्ला उपाध्यक्ष भूमाण्डप केसी, विद्यालयका प्रिन्सिपल राजु यादवलगायतका बोलेका थिए ।
लमही नगरपालिकाको आयोजना र रोजी बड्स बालबाटिका माध्यमिक विद्यालयको सहआयोजनामा भएको कार्यक्रममा अतिथिलाई उक्त विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रस्तुति देखाएर सम्मान गरेका थिए ।
तीन दिनसम्म कार्यक्रममा विभिन्न विधाका खेलहरू प्रदर्शन गरिने भएको छ । लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षता तथा प्रदेश नम्बर ५ का सभासद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन भएको हो । विद्यालयका शिक्षक पूर्ण ओलीको स्वागत रहेको कार्यक्रमको सञ्चालन निमानन्द गैरे र बसन्त न्यौपानेले गरेका थिए ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here