- Advertisement -spot_img
Sunday, June 20, 2021

बाकस

- Advertisement -spot_img

देवी प्याकुरेल

कविता
काठको बाकस,
टिनको बाकस,
फलामको बाकस,
माटोको बाकस,
कागजको बाकस,
कपडाको बाकस ।
यि सबै बाकसहरु अत्यन्तनिर्दयी छन् ।
बाकस भन्दा पनि
बाकसभित्र मान्छे राखेर
बाहिर ताल्चा मार्नेहरु अझ कठोर छन् ।
बाकसभित्र बसेका
पैसाहरु, पैसाभित्र बसेका मुल्यहरु
कति मौन हुन सकेका ?
आज बाकसमा राख्न, पैसा खोज्नेहरु
आफै बाकसभित्र थुनिएका छन् ।
निःशब्द, अस्थिर भएर बसेका छन् ।
बाकस बाहिरको पैसा न त देख्न सक्छन् ।
न त छुन सक्छन् ।
अरे बाकसमा तिमी हाँसेका छाँै ?
तिमी हाँसेर मर्न सक्छौ ?
तिमीलाई कति कठिन भयो होला ?
अन्तिम श्वासमा पनि हाँस्न सक्याँै ।
तिमी हाँसेरै गयौँ । संसार जितेरै गयौँ ।
बाहिर रुने मान्छेहरु पनि
तिम्रो बाकस हेरेर, अझ रोएर गए ।
खुसी किन्न गएका थियाँै,
दुईछाक रोटी
एउटा सुन्दर छानो
अरु के–के लिन गएका थियाँै ।
वा जान बाध्य भयौ ?
वा नगएको भए ?
आखिर
के किन्लान् त तिनले ?
तिम्रो मृत्युपश्चात बाकस ?
पैसा राख्ने बाकस ?
हो तिमीले जितेर गयाँै
तिमी हाँसेर गयौं ।
भोलिको सत्य त्यहीँ हो ।
जन्म सत्य ।
मृत्यु सत्य ।
सुनसरी, हालः देउखुरी, दाङ

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here