- Advertisement -spot_img
Sunday, June 20, 2021
Homeमुख्य खबरवर्ष विद्यार्थी छनोट गरिदै

वर्ष विद्यार्थी छनोट गरिदै

- Advertisement -spot_img

तुलसीपुर, ११ माघ । नेसनल प्याब्सन वर्ष विद्यार्थी २०७६ को तयारी पूरा भएको छ । विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको नेसनल प्याब्सन वर्ष विद्यार्थी यो वर्ष तुलसीपुरस्थित राप्ती बाल एकेडेमीमा छनोट हुन लागेको हो ।
विद्यार्थीहरूको दक्षता र क्षमताको जाँचको रूपमा लिइएको छ । यसमा विद्यार्थीले एक घण्टाको परीक्षा दिनुपर्ने छ । जसमा विज्ञान तथा प्रविधि, गणित, सामाजिक, भाषा, समसामयिक विषय एवं वौद्धिक प्रश्नहरूको विद्यार्थीले उत्तर दिनुपर्ने छ । एन प्याब्सनले प्रतियोगिताको सम्पूर्र्ण तयारी पूरा भएको बताएको छ ।
नेसनल प्याब्सनको आयोजनामा एभरेष्ट एकाडेमीको प्रायोजन र प्रदेश टुडे राष्ट्रिय दैनिकको मिडिया पाट्नरमा सम्पन्न हुने कार्यक्रम संयोजकमा भोजराज न्यौपानेले बताए ।
यसपटक ५० जना छात्रछात्राहरू सहभागी हुन लागेको न्यौपानेको भनाइ छ । उत्कृष्ट हुने १० जनालाई एभरेष्ट एकाडेमीले बृजकोर्ष तयारी कक्षामा छात्रवृत्ति दिनेछ भने नेसनल प्याब्सन, दाङले नगदसहित पुरस्कार एवं विद्यालयलाई सम्मान गर्नेछ । यो वर्ष कार्यक्रम माघ १२ गते गरिन लागेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here