- Advertisement -spot_img
Tuesday, June 15, 2021
Homeफिचरनेकपाका तीनजना विजयी

नेकपाका तीनजना विजयी

- Advertisement -spot_img

राष्ट्रियसभा निर्वाचन ५ नं प्रदेश
दाङ, १० माघ । राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा प्रदेश नम्बर ५ बाट तीनैजना नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश नम्बर ५ को मतदान केन्द्र दाङको घोराहीमा बिहीबार भएको निर्वाचनपछिको मतगणनामा नेकपाका उम्मेदवार विजय भएका हुन । यस अघि दुईजना नेकपा र एकजना काँग्रेसबाट निर्वाचित राष्ट्रियसभा सदस्यको म्याद सकिएको थियो ।
राष्ट्रियसभा सदस्यमा नेकपाका उम्मेदवार अपाङ्गता तर्फबाट दाङका जगप्रसाद शर्मा, महिलातर्फ कपिलवस्तुका विमला घिमिरे र खुल्लाबाट रुपन्देहीका गोपाल भट्टराई निर्वाचित भएका हुन् । राष्ट्रियसभामा निर्वातिच जगप्रसाद शर्मा गत निर्वाचनमा प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।
शर्माले ५ हजार ४२४ मत प्राप्त गरेका थिए । उनका प्रतिद्वन्द्वी काँग्रेसका मेहराज अहमत हलवाइले १ हजार ९८६, समाजवादी पार्टीका सुनिलकुमार सिंघमले ४२० मत प्राप्त गरेका थिए ।
आठजना प्रतिनिधिले मत बदर गराएका छन् ।
विजयी घिमिरेले ५ हजार सात सय ७८ मतसहित विजयी भएको मूख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । घिमिरेले नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेकी गिरिजादेवी न्यौपानेलाई हराकी हुन् । न्यौपानेले २ हजार १ सय प्राप्त गरेकी छन् भने ६ मत बदर भएको छ ।
त्यसैगरी खुल्लातर्फ गोपाल भट्टराईले ५ हजार ३८२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बालकृष्ण पाण्डेले २ हजार ५२, समाजवादी पार्टीका कृष्णप्रसाद अहिरले ४४४ मत र जनमोर्चाका शिवप्रसाद पौडैलले १५६ मत प्राप्त गरेका थिए । तीन सय ३ मत खसेकोका ६ मत बदर भएको छ भने एकजनाले मतपत्र नै लुकाएका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Stay Connected
2,454FansLike
1,200FollowersFollow
Must Read
- Advertisement -spot_img
Related News
- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here